• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेता कार्यकर्तालाई सरप्राइज दिँदै ओली-प्रचण्डबीच भयो यस्तो सहमति

    487
    SHARES

    काठमाडौँ । संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमत भएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओली र दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भएको हो।

    यसका लागि भोलि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित बैठक बसेर संवैधानिक आयोगका रिक्त पदमा क-कसलाई टुंग्याउने भन्ने टुंगोमा पुगिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

    नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताइसकेका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा बुधबार पनि भेटवार्ता भएको जानकारी दिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेका छन् ।

    यस्तै सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ ।

    प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान भएको भेटवार्ताले बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

    नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरिसकेका छन् ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयबीच पार्टी एकता प्रक्रियामा आएको उल्झन टुङ्ग्याउने सहमति भएको छ । बुधबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच राणाको निवास महाराजगञ्जमा बसेको बैठकले सहमति र समझदारीबाटै पार्टी एकतालाई पूर्णता दिने सहमति भएको हो ।

    अध्यक्ष कमल थापाले अध्यक्षत्रयको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको ट्वीटमार्फत जानकारी दिएका छन् । यस्तै अध्यक्ष राणाले पनि बैठक सकारात्मक भएको रातोपाटीलाई जानकारी दिए । राप्रपामा निर्वाचन आयोगमा दल दर्ता र चुनाव चिन्ह के राख्ने भन्नेमा विवाद छ। पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो ।

    अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्हमा फेरि विवाद बल्झिएको हो । राप्रपाका दुई समूहबीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुङ्गो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुङ्गोमा पुगेको छैन । फागुन २९ गते तीन राप्रपाबीच एकता भएको थियो। त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो। दुई समूहबीचको चुनाव चिन्ह तानातानमा धर्मनिरपेक्षता र हिन्दु राष्ट्रको फ्याक्टर बलियो ढंगले जोडिएको छ । केही नेताको गाई चुनाव चिन्ह राख्दा धर्मनिरपेक्षतावादीको मत पाउन नसकिने तर्क छ ।

    तर अध्यक्ष थापालगायतले भने पार्टीले हिन्दु राष्ट्रको मुद्दा बनाएकाले गाई छोड्दा मुद्दा कमजोर हुने तर्क गरिरहेका छन् । राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता हुनुअघि अध्यक्षत्रय थापा, राणा र लोहनीले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा समेत निर्वाचन चिन्ह सहितका विषयलाई ६ महिनाभित्र टुङ्ग्याउने भनिएको थियो । तर अध्यक्षत्रयबीच यस विषयमा सहमति नहुँदा राप्रपाको एकता प्रक्रिया रोकिँदै आएको छ ।आजको बैठक सकारात्मक भएको भनिए पनि विषयगत सहमतिको कुरा भने राणाले खोल्न चाहेनन् । सहमतिलाई अन्तिम रुप दिन फेरि केही दिनमा अध्यक्षत्रयबीच छलफल हुने राणाले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ