• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कैलालीमा घट्यो यस्तो अनौठो घटना, १ जनाको मृत्यु, १८ को उपचार जारी

    347
    SHARES

    कैलाली । कैलालीमा श्राद्धको खाना खाएर बिरामी परेकामध्ये एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१० खमौरामा भदौ २७ गते श्राद्धको खाना खाएपछि १९ जना बिरामी परेका थिए ।

    बिरामी परेकामध्ये स्थानीय सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

    उनका अनुसार बिरामी परेका सबै जनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको थियो । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उनीहरुलाई धनगढीका बिभिन्न अस्पतालमा भर्ना गरिएको हो ।

    सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए । उनले श्राद्धको खाना खाएर १९ जना बिरामी भएको र १ जनाको मृत्यु भएको जानकारी दिए ।

    सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले फुड पोइजनिङका कारण बिरामीहरुमा उच्च ज्वरो लगायतका लक्षण देखिएको हुन सक्ने बताए । ‘श्राद्धको खाना खाए लगत्तै उनीहरुमा १०३ डिग्री फरेनहाइटसम्म ज्वरो देखिएका छन्,’ उनले भने, ‘के कारणले बिरामी परे भन्नेबारे उनीहरुकाे स्वास्थ्य परीक्षणपछि मात्रै भन्न सकिन्छ ।’

    बिरामी परेकामध्ये तीन जनाको अत्तरियास्थित पद्मा अस्पताल, तीन जनाको धनगढी नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    यसैबीच कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज (बुधबार) बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

    प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मिर्गौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

    यसअघि मंगलबार दिउँसो धरान उपमहानगरपालिका–१७ का ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो । सप्तरीका युवकसँगै प्रदेश–१ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । तीमध्ये १४ जना प्रदेश–२ र ३६ जना प्रदेश–१ का छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ