• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने बल्खु तरकारी बजारका व्यापारी पक्राउ, ६ व्यापारीबिरुद्ध एक्शन

    313
    SHARES

    काठमाडाैं । बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ। बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गरेको थियो।

    अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि व्यापारी सुनिल केसीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए। उनकाअनुसार दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ।

    अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ। ६ जना प्याज व्यापारीलाई कागज पत्र लिएर विभागमा आउन सूचना

    विभागले कालिमाटी फलफूल तथा तरकारी बजारका ६ जना प्याज व्यापारीलाई कागजपत्र लिएर विभागमा आउन सूचना दिएको छ। बजारमा प्याजको मूल्य एक्कासी बढेपछि विभागले मंगलबारदेखि कालिमाटी तरकारी बजारमा अनुगमन गरेको थियो।

    अनुगमनमा जाँदा प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य एक सयदेखि १ सय १० सम्म लिएको उजुरी आएपछि विभागले ३ वटा खुद्रा पसल र तीन वटा थोक पसलका व्यापारीलाई कागज पत्रसहित विभागमा आउन आदेश दिएको छ।

    ‘हामी अनुगमनमा जाँदा व्यापारी बन्द गरेर गए,’ विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘हामीले समितिमा गएर मूल्य लियौं र पसल नम्बर ५ सय १५, ५ सय २४, ५ सय १८, ५ सय ३५, आरके ट्रेडर्सलाई विभागमा उपस्थित हुन सूचना टाँसेर आएका छौं।’ उनका अनुसार किनेको मूल्य र बेचेको मूल्यको बिल र मौज्दातको विवरण लिएर आउन निर्देशन दिइएको छ।

    अनुगमन गर्दा कालोबजारी गरेको पाइएमा ऐनअनुसार कारबाही हुने उनले बताए। चाडबाडको बेला विशेषगरि विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अनुगमन तीव्र पार्न पत्र काटिसकेको विभागले जानकारी दिएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ