• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकाका बिज्ञले पत्ता लगाए कोरोनालाई निष्क्रिय पार्ने यस्तो औषधि

    568
    SHARES

    युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् ।

    यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो ।

    सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन ।

    ‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २ बाट संक्रमणबाट जोगाउन पनि काम लाग्नेछ,’ सहलेखक जोन मेल्लोर्सले भनेका छन्,‘ ठूलो आकारका एन्टीबडीहरुले अन्य संक्रामक रोगका लागि काम गरेका छन् र त्यसलाई सहन पनि सकिएको पनि छ, जसले हामीलाई यो आशा दिएको छ कि यो औषधि कोभिड–१९ बिरामीहरुका लागि प्रभाकारी हुनसक्छ । त्यस्तै कहिल्यै संक्रमित नभएका र यसविरुद्ध प्रतिरोधी नरहेका मानिसहरुको रक्षार्थ पनि यो महत्त्वपूर्ण हुनसक्छ ।’

    रिपोर्टमा उल्लेख भएअनुसार युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एन्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याबोरेटरीको टोलीले एबी ८ को परीक्षण गर्दा यस औषधीले सेल्समा भाइरस प्रवेश गर्न रोकेको पाइयो । एबी ८ बाट उपचार गराएका मुसाहरुमा उपचार नगरेका मुसाहरुको दाँजोमा १० गुणा कम संक्रामक भाइरस पाइयो ।

    यस्तै अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या मात्र दुई लाख नाघेको छ । बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६१९ पुगेको छ । संक्रमितमध्ये ४० लाख ६१ हजार ८७३ भन्दा बढी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    पछिल्लो २४ घण्टामा ११ सय ७४ जनाको कोरोनाको संक्रमणबाट निधन भइसकेको छ भने ३६ हजार ४४७ कोरोना संक्रमित थपिएका छन् । केही दिनदेखि अमेरिकामा कोरोना संक्रमित र मृत्युदर पनि घट्दै गएकोमा पछिल्लो २४ घण्टामा १,१७४ जनाको निधन भएको छ। सोमबार ४८०, आइतबार ३९२ र शनिबार ७०७ जनाको मृत्यु भएको थियो ।

    विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३८ हजार ३८५ भन्दा बढी पुगिसकेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ