• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    नयाँ नक्सा भएको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई सरकारकाे स्वीकृति

    188
    SHARES

    काठमाडौं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो ।

    नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् ।

    सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले बताएको छ ।

    यसैबीच सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । ‘हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं,’ उनले भने ।

    उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् । ‘सम्भवतः एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्नेछन्,’ उनी भन्छन्, ‘त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।’

    यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो ।

    तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो । पछिल्लो समय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएको हो ।

    उता, कम्पनीहरु भने १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् । एक वायुसेवा सञ्चालकका अनुसार सरकारले त्यो दिनसम्म गन्तब्य नतोके सबै गन्तब्यका लागि टिकट बुकिङ खुल्नेछ । किनकी लामो दूरीको यातायातका साधन देशव्यापी खोल्ने निर्णय गरेपछि जहाज समेत सबै गन्तब्यमा उड्ने उनको तर्क छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ