• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोनाविरुद्धको भ्याक्सीन बजारमा आउने मिति तोकियो, क कसलाई उपलब्ध हुन्छ ?

    421
    SHARES

    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

    यसैबीच चीनमा सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीका एक अधिकारीले नोभेम्बरसम्म कोरोनाविरुद्धको भ्याक्सीन आम नागरिकको लागि उपलब्ध हुने बताएका छन् । चीनमा कोरोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ । यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ ।

    जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो । सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’

    यस्तै विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ । यस्तै एकै दिन थप ४ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ ।

    एकै दिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ९१३ जनाको मृत्यु भएको छ । ४१ लाख २५ हजार ४१८ जना संक्रमित भएकोमा २२ लाख ५५ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९० हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८० लाख ३८ हजार ९७० पुगेको छ । त्यसमध्ये ४९ लाख २८ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा १ लाख ६६ हजार १४४ जनाको मृत्यु भएको छ । ८७ लाख १७ हजार ८० जना संक्रमित भएकोमा ७० लाख ६१ हजार ७९३ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार २६७ जनाको मृत्यु भएको छ । ७१ लाख ५९ हजार १०६ जना संक्रमित भएकोमा ५८ लाख ९० हजार ३२९ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३२ हजार ८४९ जनाको ज्यान गएको छ भने १३ लाख ६६ हजार १३८ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख १० हजार ९७१ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८५० जनाको मृत्यु भएको छ । ३० हजार १५८ जना संक्रमित भएकोमा २६ हजार २१० जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ