• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

    537
    SHARES

    काठमाडौँ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनले मगंलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका हुन् । काेराेनालाई छिट्टै जितेर पुन: नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने उनले बताएका छन् ।

    श्रेष्ठले लेखेका छन्, ‘आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु, विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलिन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफै कोरोना भाइरसबाट संक्रमित भइ हाल उपचारमा रहेको जानकारी गराउँदै यो रोगलाइ छिट्टै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु ।’

    नगरपालिकाका जनस्वास्थ्य निरिक्षक भरत बोहराले मेयर श्रेष्ठलाई ३ दिनदेखि ज्वरो आइरहेको र उनको परिवारको पीसीआर परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको बताए । ‘मेयरसा’ब र उहाँको म्याडमलाई कोरोना पोजिटिभ देखिएको हो, उहाँको छोरीको भने नेगेटिभ आएको छ,’ उनले भने । मेयर श्रेष्ठ हाल किस्ट अस्पतालको आइसोलेसनमा र उनकी श्रीमती घरमै आइसोलेसनमा बसिरहेको उनले बताए ।ब्लड प्रेसर र डाइबिटिजको बिरामी र उच्च ज्वरो भएकाले मेयर श्रेष्ठ अस्पतालमा उपचार गराइरहेको उनले बताए ।

    ‘नगरपालिकाले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्दा मेयर श्रेष्ठ प्रत्यक्ष रुपमा संलग्न भएर संक्रमितलाई काउन्सिलिङ गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यसैले उहाँलाई संक्रमण भएको हुन सक्छ ।’ यसैबीच उता लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका—११ की ७२ वर्षीया महिलाको सोमबार राति साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । डा. गौतमका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको उपचार ११ गतेदेखि भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

    सोमबारै बिहान कपिलवस्तुको शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जना संक्रमितको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया