• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सकियो मन्त्रिपरिषद् बैठक, कुलमानको पुनर्नियुक्तिबारे के भयो निर्णय ?

    696
    SHARES

    काठमाडौँ । मन्त्रिपरिषद बैठक भर्खरै सकिएको छ । उक्त बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटरमा साँझ ६ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

    राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन । मन्त्री भट्टराईले बैठकमा यससम्बन्धि प्रस्ताव नै नआएको बताए । उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रालयमा लैजाने तयारी गरेको उनको सचिवालयले बताएको थियो ।

    यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

    उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

    सरकारबिरुद्ध पर्दर्शन

    प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेका बेला यता कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

    प्रदर्शनमा उत्रिएकाहरुले कुलमान ‘घिसिङ जिन्दावाद, कुलमान घिसिङको पुनर्नियुक्ति गर, एमसीसी खारेज गर, नेपाली सेना जिन्दावाद, भ्रष्ट सरकार मुर्दावाद ! मनपरितन्त्र मुर्दावाद !’ लगायतका नारा लगाएका थिए ।

    उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ । केही कलाकारहरुले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती भिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ