• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मन्त्रीपरिषद बैठक चलिरहेका बेला कुलमानलाई पुन: नियुक्त माग गर्दै जनता सडकमा, लागे यस्ता नारा

    813
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजेपछि शुरु भएको जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकमा नेकपा सचिवालयले हालै गरेको निर्णय कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस र विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी नियुक्तिबारे कुनै निर्णय होला त भन्ने सबैतिर चासो छ।

    तर प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहेका बेला यता कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

    प्रदर्शनमा उत्रिएकाहरुले कुलमान ‘घिसिङ जिन्दावाद, कुलमान घिसिङको पुनर्नियुक्ति गर, एमसीसी खारेज गर, नेपाली सेना जिन्दावाद, भ्रष्ट सरकार मुर्दावाद ! मनपरितन्त्र मुर्दावाद !’ लगायतका नारा लगाएका थिए ।

    उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने भनिएपनि ऊर्जा मन्त्रालयले प्रस्ताव पठाएको छैन । प्रधानमन्त्रीले ठाडो प्रस्ताव ल्याएको खण्डमा मात्रै कुलमानको सोमबार नियुक्ति हुने सम्भावना छ ।

    जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ । केही कलाकारहरुले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती भिएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया