• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

    705
    SHARES

    काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए ।

    आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।

    यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

    यसैबीच भैरहवा, रूपन्देही, चितवन र सुनसरीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुई महिला र दुई पुरूष छन् । भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    ती पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि उनी भीम अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उनको उपचार भइरहेको थियो ।

    अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले उनलाई ३ दिनअघि आइसियुमा राखेको थियो । आइतबार राति करिब साढे १० बजे उनको मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । डा. पोख्ररेलका अनुसार ती संक्रमित दमका रोगी थिए ।

    यस्तै बुटवलको धागो कारखानामा रहेको कोभिड अस्तालमा उपचाररत शिवराज-५ कै ४७ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ। ती महिलाको उपचारका क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

    भदौ २१ मा कोरोना पुष्टि भएर आइसियुमा उपचार भइरहेको उनको वुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला रोगबाट पीडित रहेको र डायलासिस भइरहेको डा.गौतमले बताए । यस्तै चितवनको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

    ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११:३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

    यस्तै मोरङका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति ८:४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

    उपचारका लागि प्रतिष्ठान भर्ना गरिएका उनमा यही भदौ २६ गते संक्रमण पुष्टि भएको थियो । अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ