• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update अन्तराष्ट्रिय समाचार

    भारतमा बढिरहेको कोरोना महामारीलाई लिएर डब्लुएचओले गर्यो अर्को नयाँ डरलाग्दो पुष्टि

    586
    SHARES

    विश्व स्वास्थ्य संगठन डब्लुएचओले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ। संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीव्र वृद्धि देखिएको छ।

    संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन् भने अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन्।

    यस्तै अमेरिका र भारतमा यही अवधिमा हजार बढी मानिसहरूको मृत्यु भएको छ। रिपोर्टमा २४ घण्टाको अवधिमा ब्राजिलमा ८ सय ७४ जनाको मृत्यु भएको जनाइएको छ।

    यसै अवधिमा संसार भर ५५ सय बढी मानिसको कोरोनाका कारण मृत्यु भएको उसको रिपोर्ट छ। योसँगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ। संक्रमित संख्या विश्वमा दुई करोड ८० लाख नाघेको उसको भनाइ छ। संक्रमितको करिब आधा संख्या अमेरिकाबाट रहेको संगठनले जनाएको छ।

    संगठनका प्रवक्ताले ६ सेप्टेम्बरमा महामारी सुरू भएयताकै सर्वाधिक संख्यामा संक्रमित फेला परेको बताएका छन्। यो दिन ३ लाख ६ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो।अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा पुष्टि भएको संगठनको तथ्यांक छ।

    उसको रिपोर्ट अनुसार अगस्ट महिनामा मात्र भारतका करिब २० लाख मानिसमा कोरोना पुष्टि भएको छ। यो महामारी सुरू भएयता एकै महिनामा पुष्टि भएको सर्वाधिक संक्रमित संख्या हो। संगठनले सेप्टेम्बर महिनाको सुरूवातदेखि नै भारतमा औषतमा प्रतिदिन हजार बढी मानिसको कोरोनाका कारण मृत्यु हुँदै आएको जनाएको छ।

    यस्तै विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ । यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २०८ पुगेको छ ।

    एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ५४३ जनाको मृत्यु भएको छ । ४० लाख ७९ हजार ७७६ जना संक्रमित भएकोमा २२ लाख ४५ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८९ हजार ८०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७९ लाख ८९ हजार १४९ पुगेको छ । त्यसमध्ये ४८ लाख ६७ हजार १७८ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा १ लाख ६४ हजार २५५ जनाको मृत्यु भएको छ । ८६ लाख ३ हजार ३९९ जना संक्रमित भएकोमा ६९ लाख ५७ हजार २८२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २८ हजार ६५ जनाको मृत्यु भएको छ । ७१ लाख १७ हजार ३८८ जना संक्रमित भएकोमा ५८ लाख २४ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३२ हजार ६७८ जनाको ज्यान गएको छ भने १३ लाख ५९ हजार ५६९ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ४ हजार ४७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८४४ जनाको मृत्यु भएको छ । २९ हजार ९७० जना संक्रमित भएकोमा २६ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ