• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    नेयमारसहितको पीएसजी र मार्सिलेका खेलाडीबीच मैदानमा कुटाकुट, कसले जित्यो खेल

    243
    SHARES

    एजेन्सी । लिग वान अन्तर्गत तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सिलेका खेलाडीबीच खेल मैदानमै झडप भएको छ । आइतबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा खेलाडीहरूबीच झडप भएको हो ।

    दोस्रो हाफको इन्जुरी समयमा पीएसजीका तीनसहित ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेलको अन्तिम मिनेटमा पीएसजी स्टार नेयमारलेसमेत रातो कार्ड खादै मैदानबाट बाहिरिए । मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफूमाथि जातीय टिप्पणी गरिएको बताएका थिए ।

    वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो । नेयमार र अल्भारो भन्दाअघि मार्सिलेका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।

    त्यसअघि खेलको ३१औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले मार्सिलेका लागि गरेको गोल नै निर्णायक बन्यो । योसँगै पीएसजी आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै पराजित भएको छ । यसैबीच इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।

    आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा एभर्टनले टोटेनहमलाई १-० गोल अन्तरले पराजित गरेको हो । एभर्टनका लागि खेलको ५५औँ मिनेटमा डोमिनिक लेविनले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए । जीतसँगै एभर्टनले ३ अंक बटुलेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ