• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    यस्तो आयो भक्तपुर घ’ट’नाको पो’ष्ट’मा’र्टम रिपोर्ट, प्रहरी नै चकित

    503
    SHARES

    काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका सुदीप अधिकारी दम्पती र छोरा सुशान्तको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा श’व परीक्षण गरिएको छ । श’व परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी छ । तर, प्रारम्भिक रिपोर्ट अनुसार सुदीप पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ ।

    ‘छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हि’र्का’एको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘सुशान्तको घाँ’टी’मा हतियारले का’टे’को गहिरो चो’ट छ ।’

    सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आ’त्म’ह’त्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ । मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

    घरको पहिलो तल्ला जहाँ सुशान्त मृ’त भेटिए, त्यहाँ फलामको बिँड भएको दाउ र भान्सामा प्रयोग हुने च’क्कु फेला परेको थियो । सुदीपले पहिलो श्रीमती र त्यसपछि छोराको ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आमा–छोराको भिसेरा परीक्षण गर्न प्रहरीले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा स्याम्पल पठाएको छ ।

    घर बैङ्कमा धितो
    सुदिप अधिकारी जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । तर, अत्यधिक मदिरा सेवन गर्ने उनको बानीका कारण सो औषधि कम्पनीले उनलाई जागिरबाट निकाल्यो ।

    पछिल्लो समय अधिकारी दम्पतीले निकोसेरास्थित घरको सटरमा किराना पसल चलाउँथे । १ आना तीन पैसामा बनेको सो घर बैङ्कमा धितो थियो । १ वर्षअघि कृषि विकास बैंकमा २३ लाख ८५ हजार ऋण लिएर उनीहरुले घर धितो राखे ।

    किराना पसलमा सामान थप्न लकडाउन शुरु भएपछि ससुरालीसँग २ लाख ऋण लिए । ऋणको बोझ थियो, आम्दानी थिएन् । ब्याज तिर्न नसक्ने अवस्था भएपछि घरमा दैनिक झ’ग’डा हुन थाल्यो । ऋणको बोझ र घरझगडाले सुदीपले श्रीमती र छोरासँगै आफ्नो ईहलिला आफैंले समाप्त पारेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ