• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    फेरि एक हप्ता थपियाे निषेधाज्ञा, के गर्न पाइन्छ के पाइदैन ?

    7.6K
    SHARES

    बुटवल । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

    यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने छन् । जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका गाडीहरु चलाउन पाइने छ ।

    यस्तै होटेलहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउनेछन् । यसअघि जस्तै पसल–व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । शैक्षिक संस्था लगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न निषेध गरिएको छ ।

    बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुन पाउने आदेशमा उल्लेख छ । यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न भने प्रशासनले निषेध गरेको छ । व्यवसायीहरुले भने सरकारले अनुमति नदिए पनि असोज १ गतेबाट सञ्चालन गर्ने बताउंदै आएका छन् ।

    यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा बृद्धि गर्ने तयारी गरेको छ। चार वर्षपछि हवाई भाडा बढाउन मन्त्रालयले तयारी गरिरहेको हो। मन्त्रालयले भाडा बढाउन कार्यदल बनाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको नेतृत्वमा बनेको समितिले भाडा बृद्धि गर्ने मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ।

    उक्त प्रतिवेदनकै आधारमा मन्त्रालयले भाडा बढाउने तयारी गरिरहेको छ। स्रोतका अनुसार उक्त प्रतिवेदनअनुसार १५ देखि २५ प्रतिशत भाडा बृद्धि गर्ने प्रस्तावह छ। जसमा ट्रंक रुट (लामो धावनमार्ग भएका तराईका विमानस्थल) मा १५ देखि २० प्रतिशत र सर्ट-हल (छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल) मा २५ प्रतिशतसम्म भाडा बढाउने प्रस्ताव गरिएको छ।

    केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सहभागितामा प्रतिवेदनमाथि भएको छलफलपछि निजी क्षेत्रको सुझावसमेत समावेश गरेर ल्याउन भन्दै उक्त प्रस्ताव क्यानमा फिर्ता गरिएको छ।

    ‘क्यानबाट आएको प्रतिवेदन तथा प्रस्तावका बारेमा मन्त्रालयमा छलफल भयो। भाडा बढाउने वा नबढाउने भन्ने भन्दा पनि निजी क्षेत्रको रायसमेत थप गरेर ल्याउन भन्दै क्यानलाई निर्देशन दिइएको छ,’ छलफलमा सहभागी एक अधिकारीले भने। हवाई भाडा प्रत्येक २ वर्षमा समायोजन गर्नुपर्ने नियम छ। यद्यपि गत चार वर्षदेखि समायोजन नभएको भन्दै व्यवसायीहरूले भाडा बढाउन माग गर्दै आएका थिए।

    इन्धनको मूल्य तलमाथि हुँदा हवाई भाडा घटबढ भइरहेको हुन्छ। तर प्राविधिक रुपमा हवाई भाडा भने सरकारले मात्र निर्धारण गर्छ। सरकारले अधिकतम सीमा तोकिदिएको हुन्छ। सरकारले भाडा निर्धारण गरे पनि इन्धन शुल्क भने इन्धनको मूल्यअनुसार घटबढ हुन्छ। सोहीअनुसार यात्रुले तिर्ने अन्तिम भाडा भने परिवर्तन भइरहेको हुन्छ।

    यो पटक सरकारले परिवर्तन गर्न लागेको भाडा हो जुन २०७३ सालमा भएको थियो। जस्तो हालसम्म विराटनगरको कूल अधिकतम भाडा ५ हजार ५ सय ५५ रुपैयाँ छ। यो ‘क्लास’ अनुसार फरक हुन्छ। तर यसमा सरकारले तोकिदिएको अधिकतम भाडा ३ हजार ५ सय ७० रुपैयाँ हो। त्यसमा १ हजार ९ सय ८५ रुपैयाँ इन्धन शुल्कका नाममा छुट्टै हुन्छ। इन्धन शुल्क तलमाथि हुँदा समग्र भाडा तलमाथि भइरहेको हुन्छ।

    प्राधिकरणको प्रस्तावअनुसार अब विराटनगरका लागि अधिकतम भाडा ४ हजार ९ सय ३४ रुपैयाँ छ। जसमा २ हजार ६६ रुपैयाँ इन्धन शुल्क राख्दा कुल भाडा ७ हजार पुग्छ। जुन अहिलेको तुलनामा ९ सय रुपैयाँ बढी हो।

    भाडा बढाउन सरकारले तयारी सुरू गरे पनि यो कहिलेदेखि बढ्छ भन्ने निश्चित छैन। दसैंतिहार अघि बढ्छ वा त्यसअघि नै भन्ने कुरा जति छिटो निर्णय हुन्छ त्यसमा निर्भर हुने अधिकारीहरूले बताएका छन्।

    भाडा बढाउने, इन्धनको नाफा कम गरेर डलर फेयर हटाउने मन्त्रीको प्रस्ताव

    मन्त्री योगेश भट्टराई नेपालको आन्तरिक उडानमा रहेको डलर फेयर हटाउने कुरामा कटिबद्ध छन्। मन्त्री हुनेबित्तिकै डलर फेयर हटाउने घोषणा गरेका उनी जसरी पनि कार्यान्‍वयन गरी छाड्ने मनसायमा छन्।

    मन्त्री भट्टराईले सोझै डलर फेयर हटाउँदा एयरलाइन्सहरू विरोधमा उत्रिने भएकाले विभिन्न प्रस्ताव अघि सारेका छन्। उनले एयरलाइन्सलाई डलर फेयर हटाउने शर्तमा तीन कुरा दिने प्रतिबद्धता गरेका छन्।

    ‘मन्त्री ज्यूले पहिलो कुरा पर्यटकीय क्षेत्रमा डलर फेयर तत्काल नहटाउने, इन्धनको मूल्यमा आयल निगमलाई नाफा कम गर्न पहल गर्ने तथा भाडा समायोजन गर्ने प्रस्ताव गर्नुभएको छ। यी सबै कुरा एयरलाइन्सकै लाभमा छन्। यसको बदलामा उनीहरुले डलर फेयर हटाउने कुरामा सहमति जनाउन सक्छन्,’ मन्त्रीनिकट स्रोतले भन्यो।

    मन्त्रालयले आयल निगमलाई आन्तरिक उडानको इन्धनमा न्यून नाफा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ। यसका लागि मन्त्री भट्टराई आफैंले पहल गरिरेका छन्। मन्त्रालयले यसअघि नै डलर फेयर हटाउँदा लुक्ला, पोखरा, माउन्टेन फ्लाइट, सिमिकोट र भरतपुरमा तत्काल डलर फेयर नहटाउने प्रस्ताव गरिसकेको छ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए।

    विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले जनाए। यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। साथै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयको तयारी छ।

    यस्तै सरकारले बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा एम्बुलेन्सको दर्ता खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने बताएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुरुपयोग भएको पाएमा एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने बताए । कोरोना महामारी रोकथामका लागि भनी सरकारले हाल लामो दुरीको सार्वजनिक यातायात बन्द गरेको छ । काठमाडौं उपत्यकाका साथै देशका विभिन्न जिल्लाले आफ्नो सीमा क्षेत्रमा आवतजावत बन्द गरेको छ ।

    यसै बिरामी बोकेको बाहनामा एम्बुलेन्सले चर्को शुल्क लिएर सर्वसाधारण मानिस ओसार पसार गरेको गुनासो बढेकाले सरकारले दर्ता खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।

    कोरोनाले पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

    यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए ।

    मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए ।

    त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्यांजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुष गरी १४ जनाको कोरोनाले मृत्यु भएको थियो ।

    त्यसैगरी शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको थियो ।

    त्यसैगरी विहीबार १ महिला र ४ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंकी ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय २ जना पुरुष रहेका छन् । यसैगरी चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार यसअघि बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ । कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

    यसअघि गत मंगलबारबार काठमाडौंकी ८० वर्षीया एक महिलाको मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

    यसअघि ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना महिला र कास्कीकी ६३ वर्षीय महिला थिए । त्यसैगरी मोरङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवानपुरका ३९ वर्षका एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

    मन्त्रालयका अनुसार त्यसअघि ७ जनाको मृत्यु भएको थियो । जसमा मोरङकी ६४ वर्षीया महिला र झापाकी ४५ वर्षीया महिलाको मृत्यु भएको थयो । त्यसैगरी मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

    यसअघि ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिला थिए । यसैगरी पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको थयो ।

    यसअघि नेपालमा १४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । जसमा ४ महिला र १० पुरुष थिए ।
    उनीहरु काठमाडौँकी ८२, ६७ र २२ वर्षीया ३ जना महिला र चितवनकी ३५ वर्षीय १ जना महिला थिए । त्यसैगरी सप्तरीका ५५ वर्षीय २ जना पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्युठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष, रसुवाका ३१ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।

    यसअघि थप ६ जनाको मृत्यु भएको थियो । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ जना महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला थिए । त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।

    यसअघि गत थप १२ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला थिइन् । यस्तै बाराका ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको थिए ।

    यो भन्दा अघि ११ जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुष थिए ।

    यसअघि महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

    त्यसअघि गत कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो । जसमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला थिए । त्यसैगरीरी सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेका थिए ।

    मनत्रालयका अनुसार यसअघि ३ जना महिला र ९ जना गरी १२ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा पाल्पाकी ३० वर्षीया एक महिला, काठमाडौंकी ५१ वर्षकी एक महिला, भक्तपुरकी ६२ वर्षकी एक महिला, पर्साका ४८ र ४९ वर्षका २ जना पुरुष, सिरहाका ८४ वर्षका एक पुरुष, गोरखाका ३८ वर्षका एक पुरुष, कास्कीका ५८ वर्षका एक पुरुष, काठमाडौंका ८३ वर्षका एक पुरुष, ललितपुरका ७२ र ६१ वर्षका २ जना पुरुष र भक्तपुरका ८२ वर्षका पुरुष थिए ।

    यसअघि गत शुक्रबार पनि कोरोनाले १२ जनाको मृत्यु भएको थियो । मोरङकी ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला थिए । त्यसैगरी उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुष थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ