• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली

    चाणक्य नीतिले भन्छ- यी ५ गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन्

    370
    SHARES

    जीवनमा जो पनि सफल हुन चाहन्छ । सफलताका लागि चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो । सबैको सोच सफल हुने भए पनि मानिसहरु सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता धेरै कुरा उल्लेख गरेका छन्, जसलाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ । सफलता प्राप्तिका लागि व्यक्तिमा केही विशेष गुण हुनु पनि आवश्यक हुन्छ । यस्ता गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् ।

    १. खुलापन
    खुलापनको अर्थ हो कि व्यक्तिले सधैं आफ्नो कान, आँखा र दिमाग सधैं खुला राख्नु हो । जो व्यक्ति आफ्नो आसपास भइरहेका घटनाप्रति सचेत रहन्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन ।

    २. ज्ञान
    आचार्य चाणक्य भन्छन् कि ज्ञानको अर्थ, विषयको जानकारी हो, त्यो मात्र किताब पढेर मात्रै प्राप्त हुँदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकरात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।

    ३. धन सञ्चित
    धनको विषयमा चाणक्य भन्छन् कि, व्यक्तिले कहिल्यै पनि सबै धन व्यय (खर्च) गर्नु हुँदैन । जस्तोसुकै व्यक्तिको पनि नराम्रो समय आउन सक्छ । यसकारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्ने आचार्य चाणक्यको भनाइ छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरुको सामु हात फैलाउनु पर्दैन् ।

    ४. आत्मविश्वास
    दोस्रो व्यक्ति तबमात्रै तपाईमाथि विश्वास गर्छ, जब तपाईले आफैंमाथि विश्वास गर्नुहुन्छ । जो व्यक्ति आत्मविश्वासका साथ जिउँछन्, उनीहरुले जस्तोसुकै नराम्रो समयको पनि सामना गर्न सक्छन् । यस्ता व्यक्ति असफल भएपनि सफल हुने हिम्मत राख्छन्, र हुन्छन् पनि ।

    ५. मेहनती
    ‘मेहनत गर्ने सबै मानिस सफल हुन्छन् नै भन्ने हुँदैन’ भनेर हामी सबैले भन्ने गर्छौं । तर यो पनि वास्तविकता हो कि, मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धी दिगो हुँदैन । आचार्य चाणक्य पनि भन्छन् कि, सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । र, मेहनत गर्ने व्यक्ति पक्कै सफल हुन्छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ