• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिन्धुपाल्चोक पहिरो अपडेट- १७ घर पुरिँए, ५ को शव फेला, कयौँ अझै बेपत्ता

    791
    SHARES

    काठमाडौँ सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १७ वटा घर पुरिँदा बेपत्ता भएका २६ जनामध्ये ५ को शव फेला परेको छ । बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजे र भीरखर्कमा खसेको पहिरोमा १७ घर पुरिँदा २६ जना बेपत्ता भएकोमा ५ को शव फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

    घटनास्थलमा अहिले खोजी तथा उद्धार जारी रहेको छ । बेपत्ताहरू अझै सम्पर्कमा नआएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । शनिबार राति ६ घण्टासम्म परेको भारी वर्षापछि भीरखर्कबाट पहिरो खस्दा नागपुजेमा बढी क्षति गरेको बाह्रबिसेका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

    गृहजिल्लामा पहिरो गएपछि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पनि घटनास्थलतर्फ गएको छ । यस्तै यता बागलुङको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ ।

    गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

    यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ ।

    ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ ।

    ताराखोला–१ पूरै र सिले र अर्गलको केही भाग बाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्‍याएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ