• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    प्रिमियर लिगमा आर्सनल र लिभरपुलको विजयी सुरूवात

    132
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । आर्सनलको जीतमा एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे ।

    फुलहमको घरेलु मैदानमा आर्सनलले खेलको ९औँ मिनेटमा लाकाजेटको गोलबाट अग्रता बनाएको थियो । विलियनले प्रहार फुलहमका गोलकिपर मारेक रोडकले रोकेपछि आएको रिबाउन्ड बलमा अनमार्क रहेका लाकाजेटले गोल गरेका थिए ।

    लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने । यसअघि उनी सन् २०१८ को सिजन पनि प्रिमियर लिगका पहिलो गोलकर्ता बनेका छन् । दोस्रो हाफमा आर्सनलले थप दुई गोल थप्यो । खेलको ४९औं मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । उनले विलियनको कर्नरमा हेड गोल गरेका थिए ।

    डिफेन्डर ग्राबियलले डेब्यु खेलमै गोल गरेका हुन् । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट यसै समरमा अनुबन्ध गरेको थियो । ५७औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३-० को जीत सुनिश्चित गरे ।

    यस्तै मोहमद सलाहको ह्याट्रिकमा लिभरपुलले पनि इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरूवात गरेको छ । साविक विजेता लिभरपुलले शनिबार राति भएको यस सिजनको आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    एनफिल्डमा लिभरपुललाई जीत दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए । खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    १२औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए । २०औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो । ३०औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

    ३३औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-२ को अग्रता दिलाए । खेलको ६६औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए । तर, खेलको ८८औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जीत दिलाए ।

    यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ