• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो

    591
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ थियो । पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    यसअघि शुक्रबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ थियो ।यस्तै थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

    मन्त्रालयका शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको थियो ।

    त्यसैगरी विहीबार १ महिला र ४ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंकी ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय २ जना पुरुष रहेका छन् । यसैगरी चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार यसअघि बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ । कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

    यसअघि मंगलबारबार काठमाडौंकी ८० वर्षीया एक महिलाको मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

    यसअघि सोमबार ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना महिला र कास्कीकी ६३ वर्षीय महिला थिए । त्यसैगरी मोरङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवानपुरका ३९ वर्षका एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

    मन्त्रालयका अनुसार यसअघि आइतबार ७ जनाको मृत्यु भएको थियो । जसमा मोरङकी ६४ वर्षीया महिला र झापाकी ४५ वर्षीया महिलाको मृत्यु भएको थयो । त्यसैगरी मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

    यसअघि गत शनिबार ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिला थिए । यसैगरी पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको थयो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ