• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्डको गृहजिल्ला चितवनमा घट्यो यस्तो दुखद घटना, २ जना नेपाली सैनिकको मृत्यु

    3K
    SHARES

    काठमाडाैं । प्रचण्डको गृहजिल्ला चितवनमा २ जना नेपाली सैनिकको मृत्यु भएको छ । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको बताइएकाे छ। कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना नेपाली सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

    रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए।

    यस्तै यता पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने काठमाडौं र भक्तपुरका एक एक जना छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९:४५ बजे र काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको हो।

    आजै बिहान ललितपुरको मेघा अस्पतालमा थप एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ। यस्तै बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाका कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको ओमसतिया-५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

    गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएकामा २४ गतेबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको डा. थापाले बताए । मृतक मधुमेहका बिरामी थिए ।

    त्यस्तै भरतपुरको सरकारी अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना भाइरसको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले निकालेको सूचनाअनुसार राति १२ बजेसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा हुन् ।

    सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरेर आठ जना छन् । खैरहनीका दुई पहिला दुई पुरुष गरेर चार जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । चितवनमा भरतपुरमा रहेको चितवन मेडिकल कलेजले पनि कोरोना भाइरसको परीक्षण गर्दछ । जसको नतिजा दिउँसो आउने गर्दछ ।

    चितवन स्वास्थ्य कार्यालयको विवरण अनुसार शुक्रबार दिउँसोसम्म संक्रमितको संख्या एक हजार १४९ थियो । संक्रमितमध्ये निको हुनेहरु २९५ जना मात्रै रहेको कार्यालयले जनाएको छ । संक्रमितमध्ये चितवनका १६ जनाको मृत्यु भइसकेको छ । चितवनमा भदौ लागेपछि संक्रमण र मृत्यु बढेको हो । साउन मसान्तसम्म कुल संक्रमित २०९ जना थिए । चितवनका एक र चितवन बाहिरका एक जना गरेर संक्रमित दुई जनाको मृत्यु भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ