• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    धर्म संस्कार

    तपाई स्वर्ग र नर्कमा विश्वास गर्नुहुन्छ ? यस्ता काम गरे जानुपर्छ नर्क

    326
    SHARES

    काठमाडौं । हिन्दू धर्मअनुसार मानिसले के गरे फल पाउने र के गरे हानी हुने भन्ने विश्वास छ । शास्त्रमा पनि मान्छेले कामअनुसार फल पाउने उल्लेख गरेको पाइन्छ । मानिस सफल हुने कि असफल हुने, सुखी या दुःखी हुने, मृत्युपछि स्वर्ग जाने कि नर्क भन्ने शास्त्रमा उल्लेख गरिएको छ । संसारका सबै धर्मले गलत काम गरे नर्कमा जाने बताएका छन् । हिन्दू धर्ममा पनि नराम्रो काम गर्ने व्यक्ति नर्क जाने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

    गरुड पुराणमा मान्छेले गलत काम गरे नर्क जाने र नर्कमा कठोर सजाय हुने उल्लेख गरिएको छ ।के गर्दा नर्क गइन्छ त ? हिन्दू धर्मका अनुसार यस्ता छन् गर्न नहुने काम:

    स्त्रीको अस्मिता लुट्ने
    हिन्दू धर्मले मात्र होइन, सबैले स्त्रीको अस्मितालाई महिलामा भएको सबैभन्दा ठूलो कुरा मान्ने गर्छन् । कुनै पुरुषले नारीको अस्मितामाथि खेलवाड गरेमा उसलाई नर्कमा बास हुने विश्वास गरिन्छ । गरुड पुराणका अनुसार गर्भवती महिलाको ह’त्या गर्नु महापाप भएको उल्लेख छ । यस्ता अपराध गरेका व्यक्ति मृत्युपछि नर्कमा जाने उल्लेख छ ।

    नवजात शिशुको ह’त्या
    गरुड पुराणका अनुसार नवजात शिशुको ह’त्या गर्ने व्यक्ति नर्कमा जान्छ । त्यस्तै शिशु ह’त्यालाई पनि गरुड पुराणमा महापाप भनी उल्लेख गरिएको छ ।

    पूजास्थलको अपमान गर्न नहुने
    कसैले पूजास्थल या पूजा भइरहेको ठाउँको अपमान ग¥यो भने त्यस्ता व्यक्तिलाई नर्कमा बास हुने विश्वास गरिन्छ । धार्मिक काम भइरहेका ठाउँको अपमान गर्न नहुने उल्लेख छ ।

    विश्वासघात गर्दा
    यदि तपाईंले कसैलाई विश्वासघात गर्नुभयो भने तपाईं नर्कमा जाने गरुड पुराणमा उल्लेख छ । यस्ता विश्वासघातीलाई नर्कमा कठोर सजाय हुने बताइन्छ । यस्तै अपशब्द बोल्ने र अरुलाई धोका दिनेलाई पनि नर्कको बास हुन्छ ।

    पाहुनाको अपमान
    आफ्नो घरमा आएका पाहुनाको अपमान गर्ने वा उनीहरुलाई खाना नखुवाउने व्यक्ति पनि मृत्युपछि नर्कमा जान्छ । गरुड पुराणले घर आएकालाई विमुख फर्काउन नहुने बताएको छ ।

    गरीबलाई सहयोग नगर्ने
    गरीब तथा अपाङ्गहरुलाई सहयोग नगर्ने र उपेक्षा गर्ने व्यक्ति पनि मृत्युपछि नर्कमा जाने उल्लेख छ । यस्ता व्यक्तिलाई नर्कमा कठोर सजाय हुन्छ । अरुलाई खुशी हुन नदिने- यदि कसैले अरुको खुशी लुट्छ भने पनि उसले नर्कमा बास पाउने निश्चित छ । पुराणका अनुसार यस्तालाई नर्कमा कठोर सजाय हुन्छ ।

    विहान उठ्नासाथ धर्तीमा टेक्नुभन्दा पहिला पृथ्वीलाई प्रणाम गर्नु पर्ने हिन्दू धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । किनकी धर्ती हाम्रो पालनकर्ता हो । हाम्रो जीवनका लागि सबै आवश्यक पदार्थ धर्तीले नै हामीलाई उपलव्ध गराउँछ चाहे पानी या भोजन । त्यसैले धर्तीको सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।

    धर्तीलाई नमस्कार गरेर र उ प्रति आभार प्रकट गरि हामी आफ्नो सौभाग्य बढाउन सक्ने वैदिक धर्ममा व्याख्या गरिएको छ । सनातन हिन्दू धर्ममा धर्तीलाई देवी र आमाको स्थान दिइएको छ ।

    धर्तीलाई प्रणाम गर्नाले आफ्नो मातृभूमी र पृथ्वी प्रति हाम्रो लगाव बढ्छ । हामी भित्र आफ्नो देश, आफ्नो भूमि प्रतिको जिम्मेवारीको भाव पैदा हुन्छ । पूर्खाले मानिसमा आफ्नो जिम्मेवारीको भाव जगाउनका लागी यो संस्कार हामीलाई दिएका हुन् ।

    ओछ्यानबाट उठेपछि पाउ जमिनमा राख्नु भन्दा पहिला धर्तीलाई छोएर प्रणाम गर्नुपर्छ । त्यसअघि आफनो स्वासप्रवास्वास बारे जानकारी लिन आवश्यक छ ।

    नाकको कुन भागबाट सही र धेरै मात्रामा स्वास बाहिर भित्र गर्छ त्यसलाई थाहा पाउन जरुरी छ । त्यसका लागि लामो स्वास लिने र फाल्ने गर्नुपर्छ । नाकको जुन भागबाट बढी स्वास आएको छ त्यही भागको पाउ(गोडा)लाई सबैभन्दा पहिला जमीनमा राख्नुपर्छ ।

    धर्तीमा पहिलो कदम राखेसँगै उत्तर दिशातर्फ केही पाइला चाल्नु पर्छ । उत्तर दिशा धनका देवता कुवेरको दिशा हो । यस्तो गर्नाले उन्नतीको मार्ग खुल्ला हुने र धनको वर्षा हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ