• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    आफ्नो घोषणाबाट पछि नहट्ने ट्रम्पको अडानपछि लाखौ जनता दुखी, चुनावमा धक्का लाग्नसक्ने

    634
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने यसअघिको घोषणाबाट पछि नहट्ने बताएका छन् । टिकटकसहितका चिनियाँ एप्सहरू सेप्टेम्बरको १५ तारिखदेखि प्रतिबन्ध लगाउनेबारे यसअघिको निर्णय सोही मितिबाट कार्यान्वयनमा आउने जनाएका हुन् ।

    अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीमा जानअघि जोइन्ट बेस एन्ड्रयुमा ट्रम्पले यस्तो धारणा राखेका हुन् । उनको घोषणाले लाखौ अमेरिकी टिकटकप्रयोगकर्ता दुखि बनेका छन् । यसको असर चुनावमा प्रण सकने विज्ञहरुको बुझाई छ ।  चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि प्रतिबन्ध लगाइसकेको छ ।

    यसैबीच आउदो नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावरुस, चीन र इरानका ह्याकरको निशानामा परेको माइक्रोसफ्टले दाबी गरेको छ । ती देशका ह्याकरहरूले राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास गरेको जनाएको छ ।

    उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्याङ्क अनधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि रहेको जनाएको छ। होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले पनि गरेको बताएका छन्।

    रुसी ह्याकरले चार वर्षअघि डेमोक्र्याटिक चुनावी अभियानलाई निशाना बनाएकोमा अहिले पनि सोही प्रकृतिको गतिविधि देखिन थालेको माइक्रोसफ्टको दाबी छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा परेको उसले जनाएको छ ।

    रुसी ह्याकरले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित २०० भन्दा बढी संस्थालाई निशाना बनाइरहेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोही समूहका साइबर आक्रमणकारीले बेलायती राजनीतिक पार्टीलाई पनि निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।

    यस्तै चिनियाँ ह्याकरले बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टको दाबी छ । इरानका ह्याकरहरुलेचाँही ट्रम्पको चुनावी अभियानसँग जोडिएका व्यक्तिलाई निशाना बनाउने क्रम जारी राखेको बताइएको छ ।

    आफ्नो एउटा सुरक्षासम्बन्धी ब्लगमा माइक्रोसफ्टले फ्यान्सी बियर नामक रुसी ह्याकरहरू र फोसफोरस नामक इरानी ह्याकरहरूले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा काम गर्ने कर्मचारी र राजनीतिक संगठनहरूमाथि हमला गरेको जनाएको छ।

    जिरकोनियम नामक चिनियासँग सम्बन्धित ह्याकरहरूले चाहिँ डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका अभियानसँग जोडिएका व्यक्तिहरूलाई निसानामा पारेको माइक्रोसफ्टले जनाएको हो। माइक्रोसफ्टका अनुसार धेरैजसो ह्याक गर्ने अर्थात् अनधिकृत रूपमा सूचना लिने प्रयासहरू विफल भएका छन् तर पनि जोखिम कम भइसकेको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ