• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ओली सरकारलाई यातायात मजदुर र व्यवसायीको चुनौती

    765
    SHARES

    काठमाडाैं । यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई असोज १ गतेबाट गाडी चलाउने जानकारी गराएका छन्।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं र तीन वटै यातायात मजदुर संगठनले शुक्रबार मन्त्री नेम्वाङलाई भेटेर गाडी चलाउने वातावरण बनाइदिन आग्रह गरेको महासघंका महासचिब सरोज सिटौलाले जानकारी दिए।

    ‘हामी आसोज १ गते विश्वकर्मा पुजा गरेर गाडी चलाउछौं र त्यसको लागि सहजीकरण गर्न मन्त्री ज्यूलाई आग्रह गरेका छौं। उहाँ पनि सकारात्मक हुनुहुन्छ,’ सिटौलाले भने। त्यस्तै, हाल कायम गरिएको १६ सिट भन्दा कम क्षमताको गाडी चलाउन नपाउने प्रावधान पुनःविचार गर्न समेत आग्रह गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए।

    ‘साना गाडी चलाउने मजदुरको अवस्था दिनदिनै दयनीय हुँदै गइरहेको छ। यसकारणं असोज १ गतेबाट चलाउछौं भनेका छौ,’ उनले भने। मन्त्री नेम्वाङले यी विषयबारे सिसिएमसी, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री समक्ष कुरा राख्ने प्रतिवद्धता गरेको राईले बताए।

    बैठकमा २० वर्ष पुरानो गाडी चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरबाट घर जाने यात्रुको लागि पारदर्शी रुपमा व्यवसायीले यातायात संचालन गर्न पाउनुपर्ने लगायत विषयमा छलफल भएको थियो।

    यता ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छन्।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भनिएको छ।

    आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुन्। ।

    सोही क्रममा उनले भनिन्, ‘महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको छ। अहिलेको आदेश महानगरको यो नीतिविपरीत छ। अर्कोतिर सहरमा संक्रमण फैलिँदो दरमा छ। यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ। यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ।’

    यस ठाउँमा स्वास्थ्य सुरक्षा उपाय अवलम्बन गर्ने कम मात्र सम्भावना हुने, अनुगमन गर्न कठिन हुने र कन्ट्याक्ट ट्रेसिङ् जटिल हुने भएकोले आदेश सच्याएर पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुँ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ