• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओली-प्रचण्डको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु, के छन एजेण्डा

    362
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । झण्डै डेढ महिनादेखि स्थगित बैठक आज (शुक्रवार) बालुवाटारमा बसेको हो । आन्तरिक विवादका कारण लामो समयसम्म बैठक बस्न सकेको थिएन ।

    आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । १५ बुँदे उक्त प्रस्ताव आजै पारित गर्ने पनि तयारी छ ।

    पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि लामो समयसम्म स्थायी कमिटीको बैठक बस्न सकेको थिएन । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठेपछि बैठक नै स्थगित हुँदै आएको थियो ।

    साउन १३ गतेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि बीचमा पार्टी नेताबीच आन्तरिक विवाद मत्थर पार्ने प्रयास भएको थियो । आजको बैठकमा कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया