• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट भयो एकाएक भाइरल, यस्तो छ कारण

    526
    SHARES

    एजेन्सी । चर्चित बलिउड कलाकार सुशान्त सिंह राजपूतको आ’त्मह’त्या’पछि उनकी प्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् । सुशान्तको आ’त्मह’त्या ड्र’ग्स’तर्फ सोझिएपछि नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले यो घ’ट’माथि छानबिन गरिरहेको छ । तीन दिन सोधपुछ गरेपछि रियालाई एनसीबीको टोलीले पक्राउ गरेको छ ।

    मंगलवार पक्राउ परेकी रियाको एक ट्वीट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि, सुशान्तको मृ’त्यु’पछि रिया सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बन्दै आइरहेकी छिन् ।

    सन् २०१९ मा रियाले गरेको ट्वीट बिहीवार भाइरल भयो । उक्त ट्वीटमा रियाले ड्रग्सका बारेमा उल्लेख गरेकी छिन् । ‘एक भारतीय युवतीको डरलाग्दो कहानी पढें, जसमा मादक पदार्थ तस्करीका कारण साढे चार वर्ष जेलको सजाय काटिन्,’ रियाले उक्त ट्वीटमा भनेकी छिन् ।

    रियाको उक्त ट्वीटमा यतिबेला कैयन् प्रतिक्रिया आएका छन् । एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘कसलाई थाहा थियो, रियाले आफ्नै बारेमा भनिरहेकी थिइन् भनेर ।’

    सुशान्त सिंह राजपूत गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृ’त अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा घाँ’टी’मा पा’सो लगाउँदा मृ’त्यु भएको भनिएको थियो । उनको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा पनि व्यापक बहस भएको थियो ।

    सुशान्तका बुबाले रियालाई दोषी देखाउँदै आर्थिक लेनदेनका लागि सुशान्तको ज्यान लिएको आरोप लगाउँदै बिहार प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि रियाविरुद्ध बिहार प्रहरी, सीबीआई र इडीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सुशान्त र रियाबीच ड्रग्स कनेक्सन देखिएपछि रियालाई एनसीबीले पक्राउ गरेको हो ।

    सुशान्त र रियाको प्रेममा जोडिएको ड्र’ग्स
    नायक सुशान्त सिंह राजपुतको निधनपश्चात जारी अनुसन्धानको सुरुवातमा ‘नेपोटिज्म’को बहस गर्मियो । प्रहरीले पनि यसलाई ‘परिवारवाद’सँग जोडेर अनुसन्धान गरिरहेको थियो । बलिउडका थुप्रै हस्तीहरुसँग प्रहरीले बयान लियो । तर, सुशान्तको निधन भएको डेढ महिनापछि यो मुद्दा उनकी प्रेमिका रिया चक्रवर्तीतर्फ सोझियो । रियालाई केन्द्रमा राखेर अनुसन्धान सुरु भएपछि सुशान्तको निधनमा ड्रग्सको कनेक्शन खुलासा भयो ।

    सुशान्तको निधनलाई अहिले रियासँगै ड्रग्ससँग जोडेर अनुसन्धान भैरहेको छ । एनसीबीसँग निरन्तर ३ दिनको बयानमा नायिका चक्रवर्तीले ड्रग्स कनेक्शनको खुलासा गरेकी छिन् । एनसीबीले रियालाई मंगलबार गिरफ्तार गरेको छ । अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न एनसीबीलाई अनुमती पनि दिएको छ ।

    रियाले आफ्नो बयानमा सुशान्तका लागि ड्रग्स उपलब्ध गराउने गरेको खुलासा गरेकी छिन् । लकडाउन भएपछि आफ्ना भाई शोविकसँग सुशान्तले ड्रग्स मगाउने गरेको बयान उनले एनसीबीसँग दिएकी छिन् । सुशान्त सिंह राजपुतका लागि रियाले ड्रग्स ल्याउने गरेकी थिइन् । उनले, ड्रग्सका लागि तिर्नुपर्ने पैसाको व्यवस्थापनि आफै गर्ने गरेकी थिइन् ।

    यतिमात्र होइन, उनले आफ्नो बयानका क्रममा २५ जना बलिउडकर्मीको नाम पनि लिएकी छिन्, जो ड्रग्सको लतमा फसेका थिए । रियाको यो बयानसँग बलिउडका ठूला नाम पनि ड्रग्सको मामलामा छानविनको दायरामा आउने देखिएको छ । रियाले आफ्नो बयानमा उनका भाई शोविक र मुम्बइका चार पेडलर्सले बलिउडमा ड्रग्सको कारोबार गर्ने गरेको खुलाएकी छिन् । अब, एनसीबीले बलिउडकर्मीमाथि पनि छानविन गर्ने तयारी गरेको छ ।

    एनसीबीका अनुसार रिया र शोहिक ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य थिए । रियाले आफ्नो बयानमा सुशान्त, आफू र आफ्ना भाई बसेर कहिलेकाही ड्रग्स लिने गरेको पनि खुलाएकी छिन् । यसैले, सुशान्तको निधन भएको ८४ दिनपछि नयाँ तथ्य बाहिर आएको छ, जसले अब रियालाई मात्र होइन दुई दर्जन बलिउडकर्मीलाई पनि छानबिनको दायरामा ल्याउने देखिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ