• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अर्को महामारीका लागि तयार रहन भन्दै डब्लुएचओले दियो फेरि ड’रलाग्दो चेतावनी, विश्वभर तरंग

    1.8K
    SHARES

    एजेन्सी । सारा विश्व कोरोना भाइरस कोभिड १९ को महामारीसँग जुधिरहँदा विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् । उनले अब आउने महामारीका लागि मानव जातिले निकै लगानी लगानी गर्नुपर्ने अन्यथा कोरोनाको जस्तै अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

    टेड्रसले मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा भने– ‘ अहिलेको महामारीका कारण विश्वभर २.७१ करोड मानिस संक्रमित भए र ८.८८ लाखभन्दा बढी मानिसहरुको मृत्यु भैसक्यो । कयौं देशहरुमा यो भयवाह रुपमा बढिरहेको छ । यसको नियन्त्रण गर्न पनि मुस्किल भैरहेको छ ।’ टेड्रोसका अनुसार इतिहासलाई हेर्दा यो नै अन्तिम महामारी होइन । उनले भने– ‘यो जीवनको सत्य हो र यो अन्त्य हुँदैन । अब अर्को महामारी आउनुअघि नै हामीले यसका लागि तयारी गर्नुपर्छ ।’

    यस्तै विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो ।

    यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७ हजार २७६ पुगेको छ । एकै दिन २ लाख ६९ हजार ८३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ९१ हजार ५२३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार १४९ जनाको मृत्यु भएको छ । ३९ लाख ८ हजार ६०८ जना संक्रमित भएकोमा २१ लाख ९८ हजार १४० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८३ हजार ८४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ८४ हजार ९६८ पुगेको छ । त्यसमध्ये ४६ लाख ९९ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा १ लाख ५७ हजार २१६ जनाको मृत्यु भएको छ । ८१ लाख ५०२ जना संक्रमित भएकोमा ६५ लाख ४० हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार २७३ जनाको मृत्यु भएको छ । ६८ लाख ६१ हजार ८५७ जना संक्रमित भएकोमा ५५ लाख ६४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३१ हजार ९६२ जनाको ज्यान गएको छ भने १३ लाख २८ हजार २६३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ६३ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१२ जनाको मृत्यु भएको छ । २९ हजार ६०९ जना संक्रमित भएकोमा २५ हजार ३१२ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ