• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    प्रधानमन्त्री ओलीले गरे मनोचिकित्सकसँग परामर्श, दिए यस्तो कडा निर्देशन

    0.9K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना महामारी बढ्दै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मनोचिकित्सकसँग परामर्श गरेका छन । मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग परामर्शका क्रममा निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने उनले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।

    प्रधानमन्त्री ओलीले कोभिड १९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

    छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘कोभिड १९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चारमाध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’

    सो अवसरमा प्राडा. सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा. सरोजप्रसाद ओझा, प्राडा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालिन र दीर्घकालिन उपायहरू प्रस्तुत गरेको सल्लाहाकार थापाले जनाएका जनाएका छन् ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । नयाँ थपिएका संक्रमित मध्ये ३०७ जना महिला र ५९५ जना पुरुष रहेका छन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ थियो ।

    कहाँ कति थपिए ?
    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका २ जना, ओखलढुंगाका १३ जना, झापाका १६ जना, मोरङका ५१ जना र सुनसरीका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३३ जना, बाराका १२ जना, पर्साका १४ जना, महोत्तरीका ४ जना, रौतहटका ८ जना, सप्तरीका १८ जना, सर्लाहीका ६ जना र सिरहका ४ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३०० जना, काभ्रेका २ जना, चितवनका २० जना, दोलखाका २ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५८ जना, मकवानपुरका २४ जना, रामेछापका एक जना, ललितपुरका ३८ जना सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ७ जना, पर्वतमा एकजना, बागलुङका १० जना, स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा कर्घाखाँचीका एक जना, कपिलवस्तुका एक जना, गुल्मीका एक जना, दाङका ३ जना, नवलपरासीका एक जना, बर्दियाका ७ जना, बाँकेका ५ जना, रुपन्देहीका २१ र रोल्पाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका एक जना र सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ९ जना, कैलालीका ७७ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया