• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काराेबार दैनिकमा धर्ना जारी, पत्रकार महासंघकाे साथ

    765
    SHARES

    काठमाडौं । कारोबार दैनिकमा पत्रकार तथा कर्मचारीहरुले धर्ना साेमबार पनि जारी राखेका छन्। तीन वर्ष अघि भएको सम्झौता लागू गर्न र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनमो माग गर्दै आइतबारदेखि धर्ना सुरु गरेका थिए । तीन वर्षअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पत्रकारहरु सत्याग्रहसहितको आन्दोलन घोषणा गरेका छन् ।

    साेमबार धर्ना कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले मिडिया मालिकहरुले श्रमजीवीहरुलाई तर्साएर, गलहत्याएर लुट मच्चाउन सकिन्छ कि भन्ने सपना नदेख्न चेतमवनी दिए ।जैसीले काराेबार दैनिकका मालिक एनआरएनएका पुर्व अध्यक्ष भवन भट्टलाई बाहिर ठुला कुरा गरेर हिड्ने तर आफ्ना कर्मचारीलाई श्रम शाेषण गर्ने, दास बनाउने हर्कत बन्द गर्न सुझाए ।

    पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले विभिन्न मिडिया हाउसमा श्रमजीवीकाे मुद्दालाई लिएर पीडितहरुकाे पक्षमा निरन्तर आन्दाेलनकाे नेतृत्व गर्दै आएका छन् ।

    साेमबारकाे बाराेबार दैनिककाे मुल गेटमा आयाेजित धर्नामा क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्षसमेत रहेका जैसीले भने, “श्रमजीवीहरुलाई फुटाउने र साथीहरुकाे श्रम शाेषण गरेर दास बनाउने सपना नदेखे हुन्छ, पत्रकार महासंघलगायत विभिन्न सञ्चारसम्वद्ध संगठनहरुले मालिकहरुकाे सपनालाई चकनाचुर बनाइछाड्नेछन् ।”

    धर्नामा नेपाल प्रेस युनियनका काठमाडौ अध्यक्ष जगन्नाथ दुलालले श्रमजीवीकाे आन्दोलन न्यायपुर्ण माग राखेर भएकाले आफ्नाे संगठनकाे सदैव साथ र ऐक्यबद्धता रहने बताए । “पत्रकार महासंघकाे ब्यानरमा हामी सबै गाेलबद्ध छाैं, श्रमजीवीका माग पूरा नहुञ्जेल निरन्तर दवाव दिन्छाैं, उनले भने ।

    धर्ना कार्यक्रममा वितरित विज्ञप्तिमा श्रमजीवी पत्रकार तथा कर्मचारीलाई बाँधा श्रमिक झैं व्यवहार हुँदा समेत लागू गर्न नसकिएको श्रमजीवी पत्रकारसम्बन्धी श्रमजीवी पत्रकार ऐन अक्षरश: कार्यान्वयन गर्न र कारोबार दैनिकले २०७३ मा त्यसअघिको क्षतिपूर्ति तिरेर गरेको श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको प्रतिवद्धता र आफैले तयार गरेको विनियामली अनुसार व्यवहार नगरेर कोरोना कालमा पत्रकार तथा कर्मचारीको रोजागारीको अधिकार खोस्ने, श्रमशोषण गर्ने, दुव्र्यवहार गर्ने, मानसिक तनाव दिने काम बन्द गर ।” भनिएकाे छ ।

    नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सचिव समेत रहेका धर्मेन्द्र कर्णले आमरण अनसन गर्ने घोषणा गरिसकेका छन् । कारोबार पत्रकार तथा कर्मचारी संघका संयोजक समेत रहेका कर्णले विज्ञप्ति जारी गर्दै अमरण अनसनसम्मको आन्दोलन घोषणा गरेका हुन् । यस्तै लकडाउनका बेला जर्वजस्ति निकालिएको भन्दै कारोबार दैनिककै पत्रकार विजय देवकोटा श्रम अदालत गइसकेका छन् । उनले आफूलाई नियम विपरित निकालेको भन्दै अदालतमा केहीदिन अघि मुद्धा दर्ता गरेका हुन् ।

    लकडाउनका बेला सञ्चारगृहले पत्रकारहरुलाई जर्वजस्ति निकालेपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो । महासंघले घोषणा गरेको आन्दोलनलाई समर्थन र कारोबार दैनिक भित्रका समस्या समाधान गर्न माग गर्दै देवकोटाले नेपाल पत्रकार महासंघ कारोबार प्रष्तिठान शाखाको सचिवको हैसियतले विज्ञप्ति जारी गरेका थिए । तर, विज्ञप्ति जारी गरेपछि व्यवस्थापनले देवकोटालाई बर्खास्ति गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ