• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंको मुटुमै घ’ट्यो फेरि अर्को ड’र’लाग्दो घ’ट’ना, यस्तो अवस्थामा फेला पर्यो एक पुरुषको श’व

    1.2K
    SHARES

    काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृ’त अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डीएसपी दक्षबहादुर बस्नेतका अनुसार न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृ’त अवस्थामा फेला परेका हुन् ।

    सोमबार बिहान सवा ९ बजेतिर उनको शव भेटिएको डीएसपी बस्नेतले जानकारी दिए । प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो । मृ’त्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । श’व पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ।

    यस्तै अल्का अस्पतालकी कर्मचारी गीता केसीको ह’त्या उनकै भतिजाले गरेको नयाँ तथ्य पत्ता लागेको छ । प्रहरीले गीताका भतिजो निर्मललाई शनिबार पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अवैध सम्बन्ध रहेको बयान दिएका हुन् ।

    महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट भइनसकेको बताए । प्रहरीका अनुसार गीता १७ भदौमा अस्पताल जान्छु भनेर घरबाट निस्किएकी थिइन् ।

    तर उनी अस्पताल नगई निर्मलसँग लेलेको जंगलमा पुगेको पाइएको छ । त्यहाँ गीताले आफू मर्नु न बाँच्नुको स्थितिमा रहेको भन्दै आ’त्मह’त्या गर्ने प्रयास गरेको निर्मलको बयान छ । त्यहीक्रममा विवाद भएको र आफूले घाँटी थिचेको उनले बताएका छन् । तर ह’त्याको कारण लेनदेन वा अरु पनि हुन सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

    १७ गते आफैंले मोटरसाइकलमा राखेर लेलेको जंगलमा लगेर ह’त्या गरेका निर्मलले भोलिपल्ट गीता हराएको भन्दै प्रहरीमा उजुरी दिए । उनको श्रीमानले खासै वास्ता नगरेपछि निर्मल आफैंले महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

    प्रहरीले ललितपुर–२५ भैसेपाटीकी गीताको खोजतलास थाल्यो । शुक्रबार गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा महिलाको शव भेटिएको थियो । त्यो शव गीताकै भएको शनिबार पुष्टि भयो । शवको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । निर्मल महानगरीय प्रहरी वृत्त, चापागाउँको हिरासतमा छन् ।

    अभियुक्तलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत सोधपुछ गर्ने चापागाउँका डीएसपी कृष्णराज ओझाले बताए । उनले भने, ‘म्याद थप गर्नुअघि कोरोना जाँच गर्नुपर्छ, परीक्षण गरिसकेका छौं, रिपोर्ट आएपछि बयान लिन्छौं ।’

    यसैबीच उता मोरङमा २ लाख रुपैयाँ हात पार्न एक युवकले नातामा बहिनी पर्ने बालिकाको अ’पह’रण गरेको खुलेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ कि १४ वर्षकी बालिकासँग भएको २ लाख हात पार्न नातामा दाजु पर्ने २१ वर्षका सुजन रणपहेलीले साथीहरुसँग मिलेर अ’प’ह’रण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

    प्रहरीले सुजनसहित पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार अ’पह’र’णमा को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि प्रयोग भएको थियो । आचार्य को २ च २८८२ र तामाङ अर्को एम्बुलेन्सका चालक हुन् ।

    सुजन किशोरीको ठूलोबुबाको छोरा हुन् । अ’प’ह’र’णमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट १७ भदौमा उद्धार गरिएको थियो । उद्धार र पक्राउ गरिएकालाई भदौ १८ गते बिहीबार पथरीशनिश्चरे ल्यापुर्याएर अनुसन्धान सुरु गर्दा अपहरण पुष्टि भएको गिरीले बताए ।

    ‘काकाको छोरीलाई अ’प’ह’र’ण गरेर रकम लिएको देखिन्छ,’ डीएसपी गिरीले भने, ‘दुई लाख मध्ये १ लाख ५२ हजार रुपैयाँ फेला परेको छ ।’ ज्यान मा’र्ने ध’म्की दिँदै अ’प’ह’र’ण गरेको खुलेको उनले बताए ।

    भदौ १६ गते मंगलबार बिहानका राति बालिका घरबाट हराएकी थिइन् । अभिभावकले दिउँसो प्रहरीमा हुलियासहितको निवेदन दिएपछि खोजी गर्ने काभ्रेमा भेटिएका थिए । प्रहरीका अनुसार आमाले माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ निकालेर छोरीलाई राख्न दिएकी थिइन् । सुजनले रकम राख्न दिएको थाहा पाएका थिए ।

    अ’प’ह’र’णका लागि उनले पथरीको मंगलबारे चोकबाट को २ च २८८२ नम्बरको एम्बुलेन्समा चढाएर बालिकालाई सुनसरीको इटहरी पुर्याएका थिए । इटहरीबाट भने को २ च ३१२१ नम्बरको एम्बुलेन्समा राखेर लगेका थिए । एम्बुलेन्सका चालक आचार्य रणपहेलीका साथी हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ