• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एक खेलअघि नै इंग्ल्याण्डले जित्यो टी-२० सिरिज, अष्ट्रेलिया ६ विकेटले पराजित

    283
    SHARES

    काठमाडौं । इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेपछि इंग्ल्यान्डले एक खेल अगाबै सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा २ रनको जित हात पारेको इंग्ल्याण्डले २-० को अग्रता लिएको छ ।

    साउथह्याम्पटनको रोज बलमा भएको खेलमा अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डलाई जित दिलाउन ओपनर जोस बट्लरले अविजित रहदै ७७ रन बनाए । यस्तै डेविड मालनले ४२ रन जोडे । मोइन अली १३ रनमा अविजित रहे ।

    अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए ।

    यस्तै ग्लेन म्याक्सवेलले २६, एस्टन अगरले २३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए । जोफ्रा आर्चर,मार्क उड एदिल राशिदले १-१ विकेट लिए । तेस्रो तथा अन्तम खेल मंगलबार हुनेछ । टी-२० सिरिजपछि अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको ओडिआई सिरिज हुनेछ । सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।

    यस्तै उता इन्डियन प्रिमियर लिग(आईपीएल) १३औं संकरणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआइसीसी) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो।

    सेप्टेम्बर १९ देखि नोभेम्बर ३ सम्म लिग चरणका ५६ खेलको तालिका सार्वजनिक गरिएको छ । पहिलो खेल सेप्टेम्बर १९ मा मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सबीच आबुधाबीमा हुनेछ। सेप्टेम्बर महिनाभर हरेक दिन एक–एक खेल मात्रै हुने गरी तालिका बनाइएको छ । अक्टोबर लागेपछि शनिबार र आइतबार २–२ खेल हुनेछन् ।

    यूएईको दुबई, अबुधाबी र सारजाहमा गरी तीन रंगशालामा खेल हुनेछ । नेपानका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटलले दोस्रो दिन किंग्स ११ पञ्जावको सामना गर्नेछ ।

    कोरोना संक्रमणको महामारीका बीच सुरु हुन लागेको आइपीएलका लागि सबै टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरु करिब एक महिनाअघि देखि नै युएई पुगेर निश्चित समय क्वारेन्टाइनमा बसी प्रशिक्षणमा सहभागी भइरहेका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ