• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    यी हुन् मह र लसुन मिसाएर खानुका फाइदा

    357
    SHARES

    काठमाडौं । चिसो मौसममा तथा मौसम परिवर्तनसँगै प्राय मानिसमा रुघाखोकीको लक्षण देखिन थालिहाल्छ । यस्तो अवस्थामा तातोपानी, कागती पानीका अलावा प्राय व्यक्तिले मह खाने गर्छन । आयुर्वेद विज्ञहरुले भने मह र लसुन मिसाएर खाँदा शरीरलाई अत्याधिक फाइदा पुग्ने बताएका छन् । मह र लसुन मिसाएर खाँदा रुघाखोकी मात्र नभइ अन्य धेरै प्रकारका रोगसँग बच्न सकिन्छ ।

    मह र लसुनको मिश्रण सेवन गरेमा शरीरमा इम्युनिटी पावर अर्थात रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । जसका कारण रुघाखोकी लगायत अन्य धेरै रोगसँग लड्नका लागि शरीर तयार हुन्छ । चिसो मौसममा प्राय व्यक्तिमा हातखुट्टाका जोर्नीहरुमा समस्या हुन्छ । तर मह र लसुनको मिश्रण नियमित सेवन गरेमा यो दुखाईबाट मुक्ति पाइन्छ । यस्तै यसको सेवनबाट शरीरको वजन घटाउन पनि निकै मद्दत पुग्छ ।

    मह र लसुनमा रहेको फाइबरका कारण कब्जियत पनि निको हुन्छ । यसको सेवनबाट कमजोरी हट्छ र थकानको महसुस पनि कम हुन्छ । जसका कारण व्यक्ति आफ्नो काममा ज्यादा ध्यान लगाउन सक्छ । यदि छाला सुख्खा हुने समस्या छ भने पनि मह र लसुनको मिश्रण निकै फाइदाजनक हुन्छ । लसुन र मह दुवैमा भएको एन्टिअक्सिडेन्टले छालामा रहको निस्क्रिय सेल्सलाई पुन सक्रिय बनाउँछ र छालामा नयाँ चमक ल्याउँछ ।

    यस्तै मह र लसुनको मिश्रणको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रामा कमि ल्याउँछ । जसका कारण विभिन्न बिमारीबाट बच्न सकिन्छ । यस्तै मुटुलाई स्वास्थ राख्नमा पनि यसको सेवन उपयोगी हुन्छ । यस्तै शुद्ध तोरीको तेल नेपाली समाजको वर्षौंदेखि चलिआएको भान्साको प्रिय तेल हो । अन्य जुनसुकै तेल हाले पनि नेपालीलाई तोरीको तेलको स्वाद जस्तो कुनै पनि खानेकुरा स्वादिलो मानिदैन ।

    तोरीको तेलको उपयोग धेरै प्रयोजनका लागि हुन्छ । तोरीको तेलले राति सुत्नु अधि शरीरमा मालिस गरेर सुत्दा छालाको रोगसँग लड्ने क्षमता बढ्छ । खासगरी वर्षायाममा नङ र औंलाहरुका बीचमा हिलो वा पानीका कारण हुने इन्फेक्सनबाट बचाउन तोरीको तेल धेरै नै प्रभावकारी हुन्छ । राति सुत्नु अधि नाकमा लगाउँदा रुधाखोकी, घाँटीमा हुने पीडा, नाकबाट पानी बग्ने लगायतका समस्याबाट राहत मिल्छ ।

    कोरोना भाइसरको संक्रमणको समय भएकाले तोरीको तेल नाकमा लगाउँदा यसमा रहेको प्राकृतिक चिल्लोपना र गर्मी गराउने गुणका कारणले भाइरसले तुरुन्तै आक्रमण गर्न सक्दैन । शुद्ध तोरीको तेलमा एन्टिफङ्गल, एन्टिबेक्टेरियल र एन्टिवाइरल गुण पाइन्छ । यी सबै तत्व हाम्रो शरीरमा हुने भाइरस, ब्याक्टेरिया र फङ्गसबाट हुने हानीबाट तोरीको तेलले जोगाउँछ ।

    नियमित रुपमा तोरीको तेलले मालिस गर्दा शरीरमा निस्किने दाद र शरीर सुख्खा हुने समस्याबाट उन्मक्ति दिन्छ । आयुर्वेदका विज्ञहरुले तोरीको तेलको प्रयोग गर्न सल्लाह दिन्छन् । दैनिक ज्वानो र लशुनलाई तोरीको तेलमा फुराएर छानेर दैनिक प्रयोग गर्दा फाइदा मिल्ने बताएका छन् ।

    उनीहरु तोरीको तेलमा पीपलको पात पकाएर, छानेर दैनिक नाक ओठ र नाभीमा लगाउने सल्लाह दिन्छन् । विदेशीबाट आयात गरिने तेलमा अनेक केमिकल हुने हुँदा ती तेल बेच्न नेपाली परम्परागत तेलहरु विस्थापित भएको तर्क विज्ञहरुले गर्ने गरेका छन् ।

    उनीहरुको तेल लगायतका उत्पादन नेपाली बजारमा बेच्न नेपाली स्वदेशी उत्पादनमा अनेक समस्याहरु देखाउने गरेका छन् । स्वदेशी उत्पादनलाई प्रश्रय दिएर आत्मनिर्भर अर्थतन्त्रको विकासमा भूमिका खेल्न स्वदेशी तेल लगायत अन्य उत्पादनहरुको बारेमा अझै धेरै तथ्यहरु पत्ता लगाउनु पर्ने देखिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ