• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    २२ लाख हालेर यी महिलाले किनेको झोला जलाइने, उनलाई हुनसक्छ १० बर्ष जेल

    354
    SHARES

    एजेन्सी । अष्ट्रेलियाकी एक महिलाले आयात गरेको २६ हजार अष्ट्रेलियन डलर अर्थात झण्डै २२ लाख रुपैयाँ मूल्य पर्ने हाते झोला जलाइने भएको छ । गोहीको छालाबाट बनेको उक्त झोला किन्ने प्रक्रिया नपुगेपछि जलाइने भएको बिबिसीले जनाएको छ।

    फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अष्ट्रेलियाली सीमा सुरक्षा बलका सदस्यले जफत गरेका थिए । गोहीको छालाबाट निर्मित सामानहरू अष्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अष्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ।

    अष्ट्रेलियाका वातावरणमन्त्रीले आयात गर्न प्रक्रिया पुर्याउनुपर्ने कुराका लागि पछिल्लो घटना एउटा महंगो घटनाको रुपमा अर्थ लगाएका छन् ।ती महिलाले २६,३१३ अष्ट्रेलियाली डलर अर्थात झण्डै २२ लाख रुपैयाँ घाटा बेहोर्नुपर्ने भएपछि अष्ट्रेलियाको कृषि, जल तथा वातावरण मन्त्रालयले थप कदम नचाल्ने निर्णय गरेको छ।

    अष्ट्रेलियामा वन्यजन्तुसँग सम्बन्धित व्यापारमा संलग्न भएको पाइएमा अधिकतम १० वर्ष जेल सजाय भोग्नुपर्ने र २ लाख २२ हजार अष्ट्रेलियाली डलर जरिवाना तिर्नुपर्ने व्यवस्था छ। गोहीका छालाबाट निर्मित सामानलाई अस्ट्रेलियाले अनुमति दिए पनि सङ्कटापन्न प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी साईटिस सन्धिअन्तर्गत कडा नियमन गरिन्छ ।

    यस्तै अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३ सय ५० केजी तौलको रहेको बताएका छन् ।

    क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिए । यो गोही यस क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो हो, उनले भने । तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको ठूलो गोही फेला परेको थियो।

    अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ । पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अस्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ