• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अल्का अस्पतालकी कर्मचारी ह’त्या प्र’क’रणबारे प्रहरीले पत्ता लगायाे नयां तथ्य, भतिजाकाे बयानले परिवार नै तनावमा

    10.4K
    SHARES

    ललितपुर । अल्का अस्पतालकी कर्मचारी गीता केसीको ह’त्या उनकै भतिजाले गरेको नयाँ तथ्य पत्ता लागेको छ । प्रहरीले गीताका भतिजो निर्मललाई शनिबार पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अ’वै’ध सम्बन्ध रहेको बयान दिएका हुन् ।

    महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट भइनसकेको बताए । प्रहरीका अनुसार गीता १७ भदौमा अस्पताल जान्छु भनेर घरबाट निस्किएकी थिइन् ।

    तर उनी अस्पताल नगई निर्मलसँग लेलेको जंगलमा पुगेको पाइएको छ । त्यहाँ गीताले आफू म’र्नु न बाँच्नुको स्थितिमा रहेको भन्दै आ’त्मह’त्या गर्ने प्रयास गरेको निर्मलको बयान छ । त्यहीक्रममा विवाद भएको र आफूले घाटी थिचेको उनले बताएका छन् । तर ह’त्याको कारण लेनदेन वा अरु पनि हुन सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

    १७ गते आफैंले मोटरसाइकलमा राखेर लेलेको जंगलमा लगेर ह’त्या गरेका निर्मलले भोलिपल्ट गीता हराएको भन्दै प्रहरीमा उजुरी दिए । उनको श्रीमानले खासै वास्ता नगरेपछि निर्मल आफैंले महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

    प्रहरीले ललितपुर–२५ भैसेपाटीकी गीताको खोजतलास थाल्यो । शुक्रबार गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा महिलाको शव भेटिएको थियो । त्यो श’व गीताकै भएको शनिबार पुष्टि भयो । शवको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । निर्मल महानगरीय प्रहरी वृत्त, चापागाउँको हिरासतमा छन् ।

    अभियुक्तलाई ज्या’नसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत सोधपुछ गर्ने चापागाउँका डीएसपी कृष्णराज ओझाले बताए । उनले भने, ‘म्याद थप गर्नुअघि कोरोना जाँच गर्नुपर्छ, परीक्षण गरिसकेका छौं, रिपोर्ट आएपछि बयान लिन्छौं ।’

    यसैबीच थुनामा रहेका बेला युवकको मृ’त्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् ।

    पनिलालले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् । महतो विजय महराको मृत्यु हुँदा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख थिए । वीरेन्द्र यादव गरुडामै कार्यरत छन् । त्यस्तै प्रहरी निरीक्षक नवीन सिंह र हवल्दारद्वय मियाँ र सिंह निरन्जन रामको हत्याको घटनापछि उक्त घटनाको अनुसन्धानका लागि गरुडा आएका थिए ।

    गाउँकै युवक निरन्जन राम ह’त्या आरोपमा ३२ साउनमा पक्राउ परेका विजय महराको हिरासतमै रहेका बेला उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । घटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अहिले अर्का एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ । उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

    यस्तै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेकाे संख्या ३०० नाघेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयका अनुसार यसअघि आइतबार ७ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार मोरङकी ६४ वर्षीया महिला र झापाकी ४५ वर्षीया महिला तथा मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

    यसअघि शनिबार ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिला थिए ।

    यसैगरी पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको थयो । यसअघि शुक्रबार नेपालमा १४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । जसमा ४ महिला र १० पुरुष थिए । उनीहरु काठमाडौँकी ८२, ६७ र २२ वर्षीया ३ जना महिला र चितवनकी ३५ वर्षीय १ जना महिला थिए ।

    त्यसैगरी सप्तरीका ५५ वर्षीय २ जना पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्युठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष, रसुवाका ३१ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।

    यसअघि विहीबार थप ६ जनाको मृत्यु भएको थियो । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ जना महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला थिए । त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।

    यसअघि बुधबार थप १२ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला थिइन् । यस्तै बाराका ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको थिए ।

    गत मंगलबार थप ११ जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुष थिए ।

    यसअघि गत महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

    त्यसअघि गत कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो । जसमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला थिए । त्यसैगरीरी सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ