• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली सरकारले फेरी गर्यो यस्तो नया निर्णय, जनतालाई घाटा हुन्छ कि फाइदा ?

    2.8K
    SHARES

    काठमाडौं । अब सरकारी प्रयोगशालाहरुले पनि सःशुल्क कोरोना परीक्षण गर्न पाउने भएका छन् । सबै सरकारी ल्याबले सरकारी मापदण्डमा नपरेकाहरुसँग शुल्क लिएर परीक्षण गर्न पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि चाहिले भीटीएम, रिएजेन्ट अस्पताल वा ल्याब आफैंले किन्नुपर्नेछ ।

    दैनिक परीक्षण गर्ने नमुनाको ५० प्रतिशतसम्म सःशुल्क समावेश गर्न पाइने मन्त्रालयले जनाएको छ । यसअघि तीन वटा सरकारी ल्याबलाई मात्र सःशुल्क टेष्ट गर्ने अनुमति दिइएको थियो भने अरु निजी ल्याबहरुले सशुल्क परीक्षण गर्दै आएका थिए ।

    सरकारले सःशुल्क परीक्षणमा ४ हजार रुपैयाँसम्म लिन पाउने भनेर यसअघि नै तोकेको छ । तर केही सरकारी ल्याबले २ हजार २०० रुपैयाँ परीक्षण शुल्क तोकेका छन् ।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।

    यसअघि सोमबार (हिजो) काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका थिए। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । नयाँ थपिएका संक्रमित मध्ये ३०७ जना महिला र ५९५ जना पुरुष रहेका छन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ थियो ।

    कहाँ कति थपिए ?
    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका २ जना, ओखलढुंगाका १३ जना, झापाका १६ जना, मोरङका ५१ जना र सुनसरीका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३३ जना, बाराका १२ जना, पर्साका १४ जना, महोत्तरीका ४ जना, रौतहटका ८ जना, सप्तरीका १८ जना, सर्लाहीका ६ जना र सिरहका ४ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३०० जना, काभ्रेका २ जना, चितवनका २० जना, दोलखाका २ जना, धादिङका ८ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५८ जना, मकवानपुरका २४ जना, रामेछापका एक जना, ललितपुरका ३८ जना सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ७ जना, पर्वतमा एकजना, बागलुङका १० जना, स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा कर्घाखाँचीका एक जना, कपिलवस्तुका एक जना, गुल्मीका एक जना, दाङका ३ जना, नवलपरासीका एक जना, बर्दियाका ७ जना, बाँकेका ५ जना, रुपन्देहीका २१ र रोल्पाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका एक जना र सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ९ जना, कैलालीका ७७ जनामा कोरोना पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ