• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    सरकारी टिभी च्यानलकी महिला पत्रकारको ह’त्या, प्रहरी भन्छ- ढोका खोल्नेबित्तिकै…

    5.4K
    SHARES

    पाकिस्तानमा एक महिला पत्रकारको गो’ली हानी ह’त्या गरिएको छ । शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् । केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल नामकी महिला पत्रकारलाई पनि गो’ली हा’नी ह’त्या गरिएको थियो । रिपोर्टका अनुसार सन् १९९२ देखि अहिलेसम्म अर्थात् २८ वर्षमा पाकिस्तानमा ६१ पत्रकारको ह’त्या भइसकेको छ ।

    शाहिन पहिला इस्लामाबादमा एक नीजि टिभी च्यानलमा काम गथिएन् । त्यसपछि उनको चयन सरकारी टिभी च्यानलमा भएको थियो । इस्लामाबादमा केही महिना बसेपछि शाहिनको ट्रान्सफर बलूचिस्तानको तुरबतमा भएको थियो । उनी एक स्थानीय म्यागजिनकी सम्पादक पनि थिइन् । २७ वर्षकी शाहिन क्वेटा युनिभर्सिटीबाट पिएचडी पनि गरिरहेकी थिइन् ।

    शाहिनलाई उनको घरमै गएर ह’त्या गरिएको थियो । प्रहरीका अनुसार दुई हमलाकर्ता उनको घर पुगे । ढोका खोल्नेबित्तिकै शाहिनमाथि गो’ली हा’नि’यो । शाहिनलाई पाँच गो’ली ला’ग्यो । प्रहरीका अनुसार एक अ’ज्ञा’त व्यक्तिले शाहिनलाई कारमा लिएर अस्पताल पुगे । तर त्यसको केही बेरपछि नै उनी गाडी छोडेर फरार भए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । शाहिनका परिवारले केही मानिसहरु’विरु’द्ध मु’द्दा दर्ता गरेका छन् । यसमा शाहिनका श्रीमान् पनि समावेश छन् । शाहिनको पाँच महिना अघि विवाह भएको थियो ।

    यस्तै उता बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ । इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आ’क्र’मण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

    ‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मध्य राति करिब १२ः३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।” उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ मा कैयौँ’ व्यक्ति घाइते भएका जानकारी प्राप्त भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

    कसरी आयो त पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणमा ?
    पाकिस्तानमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि शुरुमा केही समय लकडाउन गरिएको भए पनि उसले लामो समय भने लकडाउन कायम राखेन ।

    अर्थतन्त्र समस्यामा पर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको महामारी जारी रहे पनि अर्थतन्त्र खोल्नुपर्ने भन्दै लकडाउन खुकुलो बनाउने घोषणा गरे । उनको घोषणापछि पाकिस्तानमा कोरोना संक्रमण बढ्न नरोकिए पनि लकडाउन खुकुलो बन्यो ।

    सरकारको नीति
    कोरोना भाइरसको नियन्त्रणका लागि पाकिस्तान लकडाउनमा मात्र भर परेन । उसले अर्थतन्त्र पनि सुचारु राख्ने र कोरोना भाइरस पनि नियन्त्रण गर्नका लागि ‘स्मार्ट लकडाउन’को योजना अघि सार्‍यो ।

    यो योजनाअनुसार कोरोना भाइरसको संक्रमणको हटस्पट बनेको स्थानमा मात्र लकडाउन गर्ने निर्णय गरियो । जसले समग्र मुलुक तथा प्रदेशको अर्थतन्त्रमा समस्या हुन पाएन ।

    प्रधानमन्त्री इमरान खानले मुलुकमा थप लकडाउन नगर्ने निर्णय गर्दैगर्दा पाकिस्तानका नागरिकहरुले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका थिए । उनले सबै मानिसहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन र भौतिक दुरीको नियम पालना गरी कोरोना भाइरसबाट बच्न आग्रह गरेका थिए ।

    यद्यपि पाकिस्तानमा उनले गरेको आग्रह खासै पालना भने नभएको समाचारहरु आएका थिए । विशेषज्ञहरुले भने पाकिस्तानका लागि ‘स्मार्ट लकडाउन’को योजना निकै प्रभावकारी भएकाले कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन् ।

    उमेर फ्याक्टर
    पाकिस्तानको जनसंख्याको औसत उमेर २२ वर्ष छ । कोरोना भाइरस महामारीको असर पनि उमेर समूह अनुसार फरक–फरक पर्छ । यसको असर अहिलेसम्म कम उमेर समूहका मानिसमा न्यून देखिएको छ । यसको अर्थ, पाकिस्तानमा युवा जनसंख्याको कारण त्यहाँ कोरोना भाइरसको असर कम देखिएको हुन सक्ने विशेषज्ञहरुले दाबी गरेका छन् ।

    पाकिस्तानजस्तै औसत उमेर समूह केवल २६ वर्ष रहेको भारतमा पनि कोरोना भाइरसबाट हुने मृत्युदर कम देखिएको छ । तुलनात्मक रुपमा हेर्ने हो भने इटालीका मानिसको औसत उमेर ४६ दशमलव ५ वर्ष छ । जसका कारण कोरोना भाइरसका कारण मृत्युदर त्यो मुलुकमा बढी देखिएको थियो ।

    सामाजिक डर
    पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित मानिसले समाजमा अपहेलित हुनुपर्ने भयका कारण धेरै मानिसहरु कोरोना भाइरसको परीक्षण गराउन अस्पताल नआएको विभिन्न प्रतिवेदनले देखाएको छ ।

    प्रतिवेदनअनुसार गम्भीर लक्षण देखिएका मानिसहरु मात्र अस्पतालमा उपचारका लागि आएका छन् । अन्य मानिसहरु अस्पताल गएर परीक्षण गराई कोरोना संक्रमितको कलंक भोग्नुभन्दा सामान्य लक्षण देखिए घरमा नै क्वारेन्टिनमा बस्नु उचित सम्झेर घरमा नै बस्ने गरेका छन् । जसका कारण पनि पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या कम देखिन गेको कतिपयको विश्लेषण छ ।

    त्यसो त यस किसिमको अवस्था भारतमा पनि नभएको चाहिँ होइन । तर, पनि भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

    विशेषज्ञहरुका अनुसार पश्चिमा मुलुकको तुलनामा पाकिस्तानको संस्कृति भिन्न किसिमको रहेको र सांस्कृतिक चालचलनले पनि मानिसहरुलाई कोरोनाको संक्रमण हुनबाट केही हदसम्म बचाएको छ ।

    अस्पतालमा कोरोना भाइरसका बिरामी घटे
    अन्य कारणले पाकिस्तानमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा घट्यो भन्ने बलियो आधार नभए पनि अस्पतालमा कोरोना भाइरसका बिरामीको संख्यामा आएको उल्लेख्य कमीले भने कोरोना भाइरस यो मुलुकमा नियन्त्रणको क्रममा रहेको देखाउँछ ।

    यसअघि पाकिस्तानका अस्पतालमा खचाखच हुने बिरामीहरुको संख्यामा अहिले उल्लेख्य कमी आएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरु यो संख्या कसरी घट्यो भन्ने स्पष्ट कारण नभए पनि अहिले संक्रमणमा उल्लेख्य कमी आएको बताउँछन् ।

    दोस्रो लहरको सम्भावना
    कोरोना भाइरसको संक्रमण कम भएसँगै पाकिस्तानमा यसअघि लगाइएको अधिकांश प्रतिबन्ध खुला गरिएको छ । अहिले रेष्टुरेन्ट र पार्कहरु खुलिसकेका छन् । थिएटर, मल र सार्वजनिक यातायातजस्ता मानिसहरुको भिडभाड हुने क्षेत्र खुलिसकेका छन् । जसका कारण पाकिस्तानका सार्वजनिक स्थानमा मानिसहरुको भिड बढेको छ । यसले आगामी दिनमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने सम्भावना रहेको विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ