• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि चिकित्सहरुले गरे यस्तो अपिल, कोरोनाबाट बच्न चाहानेले अवस्य पढौं

    2.4K
    SHARES

    काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडीबुटी सन्तुलित रुपमा प्रयोग गर्न विज्ञहरुले आह्वान गरेका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरुले सुझाएका हुन् ।

    कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपाललगायत विभिन्न मुलुकमा जडिबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग बढेको छ । मानिसले घरघरमा यसको आफूखुसी प्रयोग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आफूखुशी जडीबुटीको प्रयोग गर्नु उचित नहुने बताउछन । उनका अनुसार आयुर्वेदमा आहार द्रव्य (खानाको रुपमा) र औषध द्रव्य (औषधिको रुपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिइएको छ ।

    खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्थाअनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उनी सुझाउछन् । सामान्य रुपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठिकै मात्रामा यस्ता मसलाजन्य जडीबुटीको नियमित प्रयोग गर्न सकिन्छ ।

    उनका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको सङ्क्रमण, ब्रोङ्काइटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य सङ्क्रमण, क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ । विभिन्न अनुसन्धानबाट पुष्टि भएअनुसार हरिद्रा (बेसार) को प्रयोग हेपाटाइटिस बि भाइरस, पारा इन्फ्लुएन्जा भाइरस टाइप ३, रेस्पिरेटरि सिनसाइटल भाइरस, इन्फ्लुएन्जा भाइरस विरुद्ध प्रभावकारी रहेको पाइएको उनले बताए ।

    उनले भने, “यसमा विशेष गरी कर्कुमिन (रासायनिक तत्व) लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ । जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ ।”

    पित्त थैलीको पत्थरी भएका, एस्पीरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्ने उनको सुझाव छ । त्यसैगरी पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नुपर्ने उनको भनाइ छ । सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उनले बताए । त्यसबाहेक राति सुत्नु अगाडि तातो दूधमा एक ग्राम बेसार राखेर पिउनु राम्रो हुने उनको भनाइ छ । यसरी पिउँदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिए ।

    गुर्जो विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उनको भनाइ छ । तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जण्डिस, छालाको रोग, युरिक एसिड, ज्वारोलगायत अन्य रोगमा आवश्यकताअनुसार प्रयोग गरिन्छ ।

    समय समयमा देखापर्ने डेङ्गु ज्वरो, स्वाइन फ्लु, एवं अन्य भाइरसजन्य रोग (रुघा, खोकी, ज्वोरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरल विरुद्ध यसको प्रयोग गरिने उनको भनाइ छ । उनले भने, “यो आफैँमा मधूमेहको औषधि भएकाले रगतमा चिनीको मात्रा कम भएका र सुगरको औषधि खाइरहेका व्यक्तिहरुले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र गुर्जोको सेवन गर्नु उपयुक्त हुन्छ । लामो समयसम्म प्रयोग गर्दा यसले उच्च रक्तचाप कम हुने सम्भावना रहन्छ ।”

    पाँच ग्राम गुर्जोको चूर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रुपमा पिउन सकिन्छ । उनले भने, “ताजा गुर्जोको रस २०–२५ मिलिग्राम दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मिलिग्राम पिउने गर्नाले फाइदा हुने गर्दछ ।”

    यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उनको भनाइ छ । तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नुपर्ने उनको सुझाव छ । टिमुर र अदुवा पाइल्स, फिसरको रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उनले बताए ।

    आयुर्वेदका चिकित्सक पीएन भुसाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउछन् । उनले बेसार, गुर्जोलगायत जडीबुटी मात्राअनुसार मात्रै प्रयोग गर्न सुझाव दिए । औषधिका रुपमा प्रयोग गरिने जडीबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरु देखिने उनले बताए । यसको प्रयोग गर्नु अघि आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्न पनि उनले सुझाव दिएका छन् ।

    अहिले कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यसलाई नियन्त्रणमा लिन विश्वका कयौँ देश यसको भ्याक्सिन निर्माणमा जुटेका छन् । विश्वभर ३४ कम्पनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन तयार पारिरहेका छन्, यीमध्ये केही कम्पनीहरु अहिले तेस्रो चरणको परीक्षणमा छन् ।

    रसियाले पनि हालै ‘स्पुतनिक भी’ नामक कोरोना खोपलाई अनुमति दिएको छ । उक्त खोपलाई विश्वकै पहिलो कोरोनाको खोप भनिएको छ ।
    हालै उक्त खोपले परीक्षणका क्रममा सकारात्मक काम गरेको विवरण आएको थियो ।

    विश्व स्वास्थ्य संगठनले हालसम्ममा विभिन्न कम्पनीले १ सय ४२ वटा खोपहरु निर्माण गरिरहेको बताएको छ । योमध्ये अक्सफोर्ड युनिभर्सिटी खोप एस्ट्रजेनकाले ठूलो मात्रामा कोरोना भ्याक्सिन तयार पारेको छ । यसलाई अहिलेसम्मकै उन्नत खोप पनि भनिएको छ ।

    अक्सफोर्ड विश्वविद्यालयका भ्याक्सिन कम्पनी एस्ट्रजेनेकाले कम मूल्यमा कोरोनाको खोप प्रदान गर्ने बताएको छ । उक्त कम्पनीका एक अधिकारीका अनुसार अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ रुपैयाँ पर्नेछ ।

    भारतीय कम्पनीले पनि कोरोनाको खोप विकास गरिरहेको छ । भारतमा ठूलो मात्रामा बनाउने सेरम इन्स्टिच्युटले भारत र विकाशशील देशहरुका लागि कोरोनाको भ्याक्सिन उपलब्ध गराउनेछ ।

    भारतमा यो खोपको मूल्य ३ डलर पर्ने जनाइएको छ । नेपालमा भने ३५० रुपैयाँ पर्ने जनाइएको छ । उक्त खोपलाई युरोपमा प्रतिडोज २.५ युरोसम्म पर्न सक्ने बताइएको छ ।

    फ्रान्सले पनि कोरोना विरुद्धको भ्याक्सिन तयार पारिरहेको छ । फ्रान्सको सनोफी पाश्चर कम्पनीले निर्माण गरेको भ्याक्सिनलाई प्रतिडोज १० युरोसम्म पर्ने बताइएको छ । यसको नेपाली रुपैयाँ झण्डै १४ सय हुन आउँछ ।

    त्यस्तै चिनियाँ कम्पनीहरु पनि कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा लागेका छन् । चिनियाँ कम्पनी साइनाफार्मका प्रमुख लिउ जिङगजेनले उक्त खोप छिट्टै बजारमा आउने बताएका छन् ।

    यो खोपलाई नेपाली १६ हजार रुपैयाँ पर्ने जनाइएको छ । यस्तै चीनकै मडर्ना कम्पनीले अगस्तमा उत्पादन गरेको खोपको प्रतिडोज ३३ देखि ३७ डलरसम्म पर्ने जनाइएको छ ।

    अमेरिकी सरकारले पनि कोरोना खोपका लागि फिशर्च र बायोएन्टेक कम्पनीसँग सम्झौता गरेको छ । यो खोपको मूल्य अमेरिकी सरकारलाई प्रतिडोज १९.२० डलर पर्ने जनाइएको छ ।

    कोरोनाको खोप विकासका क्रममा रहेकाले अझै कुन खोप बढी प्रभावकारी हुनेछ भनेर अहिले नै भन्न नसकिने विज्ञहरुले बताएका छन् । विज्ञहरुले कोरोनाको खोप सन् २०२० का् मध्यसम्ममा उपलब्ध हुने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया