• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा केन्द्रीय सदस्य अनिल बिरही भरतपुर अस्पतालबाटै पुन: गिरफ्तार

    2.5K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘बिरही’लाई प्रहरीले अस्पतालमा उपचाररत रहेको अवस्थामै गिरफ्तार पुन: गिरफ्तार गरेको छ। विरहीलाई प्रहरीले चितवनको भरतपुर अस्पतालबाटै गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले संचारकेन्द्रलाई बतायो ।

    बिरही गत बैसाखमा भर्‍याङबाट लडेपछि भरतपुर अस्पतालउपचाररत थिए । उनलाई फेक ‘डिस्चार्ज’ डकुमेन्ट बनाएर प्रहरीले शनिबार गिरफ्तार गरेको हो । गिरफ्तार गरेर उनलाई प्रहरीले धनुषा लैजाने तयारी गरेको नेता बिरहीका भतिजा उमेशले संचारकेन्द्रलाइ बताए । बिरही अहिले पनि उपचारत रहेको अवस्थामा प्रहरीले भने अस्पताल प्रशासनसंग मिलेर असार ३ गते डिस्चार्ज भएको फेक ‘डिस्चार्ज’ डकुमेन्ट तयार पारेर गिरफ्तार गरेको उमेशले जानकारी दिए ।

    यसअघि उनलाई अस्पताल भर्ना भएकै समयमा उपचार गर्न नदिएर प्रहरीले गिरफ्तार गरेपछि अदालतले उपचारमा कुनै बाधा नपुर्याउन आदेश दिएको थियो । अदालतको उक्त आदेशपछि प्रहरी उनलाई रिहा गर्न बाध्य भएको थियो । बिरही भर्‍याङबाट लडेर गम्भीर बिरामी परेपछि बिगत साढे ३ महिनादेखि भरतपुर अस्पतालमा उपचाररत थिए ।

    विश्वका ठुला ठुला देशले कोरोना महामारीलाई मध्यनजर गर्दै जेल र हिरासतमा रहेका कैदी बन्दीको सजाय मिनाहा गर्दै रिहा गरिरहेका बेला यता नेपालमा भने सरकारले राजनीतिक आस्थाका आधारमा नागरिकलाई पटक-पटक गिरफ्तार गरिरहेको छ ।

    देशभर कोरोनाको उच्च जोखिम बढेको बेला फैलिन सक्ने सम्भावित महामारी रोक्न जेलमा भएका कैदीबन्दी लाई सामान्य प्रकृतिका मुद्दामा माफी दिएर रिहा गर्नुपर्ने बेला झन् नेपाल कम्युनिष्ट पार्टीको बिचार सिद्धान्तलाई समर्थन गरेकै आधारमा भकाभक नेकपा नेताका आफन्त र परिवारका सदस्यलाई समेत प्रहरीले गिरफ्तार गरेर दुखः दिइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया