• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दुबै मृगौला पीडित पुर्व लडाकु अभियानलाई जापानबाट देवेन्द्र पुनले गरे आर्थिक सहयोग

    3.2K
    SHARES

    काठमाडौँ । दुबै मृगौला फेल भएर कोहलपुर मेडिकल कलेजमा डायलसिस गराइराहेका पुर्व लडाकु नरेन्द्र बोहोरा ‘अभियान’को उपचारका लागि जापानमा रहेका अर्का पुर्व लडाकु देबेन्द्र पुन मगर ‘निरन्तर’ले आर्थिक सहयोग गरेका छन् । पुनले कोरोना महामारीकाबीच पनि आफ्नो खर्च काटेर १० हजार आर्थिक सहयोग गरेको “अभियान” बचाऔं कार्यक्रमका अभियान्ता टेक बहादुर बोगटी ‘प्रविण’ले सञ्चारकेन्द्रलाई बताएका छन् ।

    हाल बाँकेको बैजनाथ गाउँपालिका ५ बनकटवामा डेरा गरी बस्ने पुर्व लडाकु बोहराको बिगत ३ बर्षदेखी दुवै मृगौलाले काम गर्न छोडेपछि निरन्तर डायलसिस गर्दै आइरहेका छन् । बोहोराले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न सकिरहेका छैनन् । पुर्व जनमुक्ति सेनाका बटालियन सहयाक कमान्डर समेत रहेका बोहरा २०५७ सालदेखि माओवादी आन्दोलनमा सहभागी भएका थिए।

    जनमुक्ति सेना र नेपाली सेनाको समायोजन हुँदा चौतो डिभिजनको अरुणखोलामा रहेको मुख्यालयबाट अवकाश लिएका बोहोराकी श्रीमती रमा बोहोरा समेत पुर्व जनमुक्ति सेनाकी पलाटुन कमान्डर हुन् । कालिकोटको नरहरिनाथ गाउँपालिका ९ लालुमा जन्मिएका बोहोरा हाल परिवारसहित बाँकेमा बस्दै आएका छन् ।

    नेपालमा गणतन्त्र ल्याउन भन्दै प्रचण्ड नेतृत्वमा सुरु भएको तत्कालिन १० बर्षे जनयुद्धमा होमिएका बोहोराको आर्थिक अबस्था नाजुक भएको र मृगौला प्रत्यारोपण गर्न समस्या भएका कारण आर्थिक सहयोग गरिदिन सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिएको अभियन्ता प्रविणले बताए । हिजो जनयुद्दको बेला अग्रपंतिमा रहेर लडाइ लडेका बोहोराको यस्तो अबस्था देख्दादेख्दै पनि हिजोका माओवादी नेताहरुले खासै वास्ता नगरेको उनकी श्रीमती रमाले सञ्चारकेन्द्रलाई बताइन् ।

    आर्थिक अभावकै कारण बिरामी हुँदाहुँदै पनि बोहोरा लामो समय बैदेशिक रोजगारीमा गएका थिए । बैदेशिक रोजगारीमा रहेकै बेला एउटा मृगौलाले काम गर्न छोडेपछि उनि नेपाल फर्किएका थिए । हालसम्म उपचार गर्दागर्दै भएको घर खेत सबै बिक्री गरेर सकिएको र अहिले उपचारमा समस्या भएको भन्दै उनको परिवारले स्थानिय सरकार हुँदै केन्द्र सरकारसम्मलाई अनुरोध गरेको तर हालसम्म कतैबाट पनि सहयोग नजुटेको बताएको छ ।

    हिजो जनयुद्धमा जसको आदेशमा देशका लागि लडेका थियौ अहिले तिनै नेता र कमाण्डरलाई सहयोगको अनुरोध गर्दै सम्पर्क गर्दा चित्तबुझ्दो प्रतिक्रिया नआएको भन्दै पीडित नरेन्द्रले मन खिन्न भएको बताएका छन् । सानै उमेरमा जनयुद्धमा होमिएर आफ्नो जीवनको महत्वपुर्ण समय खर्च गरेका योद्धाको उपचारका लागी राज्य संचालन गरिरहेका आफ्नै पार्टीका नेता र कमाण्डरले पहलकदमी नलिदा आम जनतासँग हात जोडेर सहयोग माग्नुपर्ने बिडम्बना भएका कारण हिजो आफैले लडेर ल्याएको गणतन्त्रलाई धिक्कार्न मन लागेको पीडित बोहोराले बताए ।

    बोहोराले पहिलोपटक ग्रान्डि अस्पतालमा चेकजाँच गर्दा मृगौलाले काम नगरेको रिपोर्ट आएको र करिब २ बर्ष ग्रान्डिमै उपचार गराए पनि निको नभएका कारण हाल नेपालगन्ज मेडिकल कलेजमा डायलसिस गर्दै आएका छन् । आर्थिक अभावका कारण तत्काल मृगौला प्रत्यारोपण गर्न नसके पनि सहयोगी दाताहरुले सहयोग गरेको खण्डमा केही दिनमै काठमाडौँ आएर प्रत्यारोपण गर्ने उनले बताए ।

    हाल उनलाई बचाउनका लागि उनका सहयोद्धा, साथीहरु र आफन्तहरु आर्थिक सहयोग जुटाउन लागिरहेको प्रबिण बोगटीले बताएका छन् । बोहोराका बुवा ददे बोहोरा, माइला दाजु धन बहादुर बोहोरा र आमाले समेत मृगौला दिने घोषणा गरिसकेका छन् । मृगौला प्रत्यारोपण र अन्य औषधि खर्च बापत लाग्ने १५ लाख रकम जुट्न नसक्दा बोहरा जीवन मरणको लडाई लडिरहेका छन् ।

    १४ बर्षिया छोरी आकृति र ८ बर्षका छोरा आयुसको रेखदेख र लालनपालन गर्दै श्रीमानको रेखदेख र उपचारमा समेत जुट्दा झन् भन्दा झन् खर्च अभाव हुँदै गइरहेको र समस्या बढ्दै गएको भन्दै बोहोराको श्रीमती रमाले आफ्नो श्रीमानको जीवनरक्षाका लागी सबैलाई अपिल गरेकी छन् । उनको जीवनरक्षाको लागि आफ्नो ठाउँबाट सक्ने सहयोग गरिदिनु हुन् सञ्चारकेन्द्र समेत हाम्रा आम पाठकसँग हार्दिक आव्हान गर्दछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया