• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अदालतको आदेशमा बिद्रोही नेकपाका ५ नेता कार्यकर्ता रिहा

    863
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केही नेता कार्यकर्ता अदालतको आदेशमा देशको विभिन्न ठाउँमा रिहा भएका छन् ।शुक्रबार नेकपा निकट दलित मुक्ति मोर्चाका महासचिव रामलाल विश्वकर्मा र नेकपाका नारायणी ब्युरो सदस्य होमबहादुर खड्का रिहा भएका छन् ।

    सर्वोच्च अदालतमा बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले दलित मोर्चाका नेता विक र ब्युरो सदस्य खड्कालाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले फरक राजनीतिक आस्था राखेकै कारण थुनामा राखेको भन्दै जिल्ला अदालत धादिङका न्यायाधीशको रोहबरमा उनीहरूलाई रिहा गर्न आदेश दिएको थियो ।

    बिहीबार सर्वोच्च अदालतमा बन्दीहरूका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, खिमानन्द अधिकारी, कान्तिराम ढुङ्गाना, राजु अधिकारी, सन्तोष कोइराला, चूडाबहादुर निरौलालगायतका ओकिलहरुले बहस गरेका थिए । उनीहरूलाई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको थियो ।

    त्यस्तै ४८ दिनदेखि प्रहरी हिरासतमा रहेका नेकपा रोल्पा जिल्ला इन्चार्ज कमल थापा पनि रिहा भएका छन् । जिल्ला अदालत रोल्पाको आदेशमा बिहीबार साँझ उनलाई रिहा गरिएको हो । हातको अप्रेसन गरेर आराम गरी बसिरहेको बेला थापालाई प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।

    यस्तै उता नेकपाका भेरी-कर्णाली ब्युरो सदस्य तथा जुम्ला जिल्ला सेक्रेटरी राजबहादुर भाव र युवा संगठन जुम्लाका संयोजक नवीनलाई पनि अदालतले रिहा गरेको छ । यसअघि नेकपाकी केन्द्रिय सदस्य उमा भुजेल र सुमन पौडेल पनि रिहा भएका थिए ।

    यस्तै बिहिबार सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेकपा चितवन इञ्चार्ज लालबहादुर बीसीलाई भने प्रहरीले पुनः गिरफ्तार गरी सुनसरी लगेको छ । बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेकपा नेता बीसीलाई रिहा गर्न आदेश दिएको थियो ।

    सर्वोच्चले चितवन जिल्ला अदालतका न्यायाधीशको रोहबरमा बीसीलाई रिहा गर्न आदेश दिएको थियो । तर रिहाइपछि सुनसरीमा हातहतियार र सङ्गठित अपराधसम्बन्धी अर्को मुद्दा रहेको भन्दै बीसीलाई बिहीबार साँझ नै गिरफ्तार गरेर प्रहरीले सुनसरी लगेको हो ।

    बिहीबार सर्बोच्च अदालतमा बीसीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेललगायतका ओकिलहरुले बहस गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ