• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    मन्त्रीपरिषद बैठक बालुवाटारमा जारी

    864
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानम्न्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ। नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए ।

    यस्तै शनिबारदेखि कार्यकाल सकिन लागेका अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार राजीनामा दिने बुझिएको छ। खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।

    राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफूले गरेका कामकारवाहीका बारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ