• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडाैंमा २ समुहबीच ग्याङ्गफा’इट, ४ घाइते, दुईजना पक्राउ

    895
    SHARES

    काठमाडौँ । स्वयम्भुमा ग्याङ्गफाइट हुँदा ४ जना घाइते भएका छन् । गतराति ढुङ्गेधारा र रानीवन बस्ने दुई युवा समूहबीच रानीवनमा झडप भएको थियो । ग्याङ्गफाइट हुँदा ३० वर्षका सुदीप रानामगर, २४ वर्षका सुरज रानामगर, २७ वर्षका नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् ।

    उनीहरुको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । झगडा गर्ने दुईजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका दुईजनालाई मनमोहन अस्पतालमा मेडिकल गर्न लैजाँदा पुनः अस्पतालमा पनि झडप भएको थियो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

    यस्तै ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुट पिट गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झ डप भएको थियो ।

    प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा भएको झडपमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीका जवान कमलप्रसाद घिमिरेमाथि कुट पिट भएको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

    पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताए । पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मु द्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

    पक्राउ पर्नेहरू लपु मनपा वडा १६ गावाहाल।, बर्ष ४० का महेश बज्राचार्य, लपु मनपा वडा ११ बंगलामुखी, बर्ष ३९ का पृथ बिन्दु महर्जन,  लपु मनपा वडा २१ बस्ने बर्ष ३८ का अशोज कुमार महर्जन, लपु मनपा वडा ६ बस्ने बर्ष ३६ का रवि शाक्य र लपु मनपा वडा १६ बस्ने बर्ष ४० का रविन शाक्य रहेका छन् ।

    त्यस्तै महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ का सुविन शाक्य, महालक्ष्मी नपा वडा १ इमाडोल का ४७ वर्षे ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी-८, बर्ष ३२ का श्याम श्रेष्ठ, का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४० का यादवलाल कायस्थ पनि पक्राउ परेका छन् । घाइते भएका घिमिरेको ललितपुर, जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ