• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    निषेधाज्ञा खुकुलो भएको दिन यस्तो अस्तव्यस्त देखियो काठमाडाैं उपत्यका, हेर्नुहोस २५ तस्विरमा

    2.6K
    SHARES

    काठमाडौँ । आज भदौ १८ गते अर्थात् सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको पन्ध्रौँ दिन दिन ! काठमाठाैं उपत्यकामा सवारी साधनहरुको बाक्लो चाप देखियॊ। बिहिबार काठमाडौँको कोटेश्वर, तिनकुने, सिनामंगल, नयाँ बानेश्वोर, माइतीघर, सिहँदरबार, रत्नपार्क हुँदै भक्त्तपुर तथा ललितपुरको सातदोबाटो, लगाएतका क्षेत्रहरुमा कतै अलिअलि त कतै सवारीसाधनकाे बाक्लो चाप देखियो ।

    राजधानीको कोटेश्वरदेखि सातदोबाटो तथा सिनामंगल पुग्दा ट्राफिक प्रहरी भने बाक्लै रुपमा चेकजाँच गरिरहेका देखिन्थे। सडकमा पैदल यात्रुसमेत पहिलेको भन्दा अलि बाक्लो उपस्थिति देखिन्थ्यो । अर्थात काठमाडाैं उपत्यका निषेधाज्ञा पहिलेको भन्दा बढी खुकुलो भएको छ ।

    निषेधाज्ञा खुकुलो भएसँगै सडकहरुमा मानिसहरुको आवतजावत पनि बढेको छ । बिहिबारदेखि काठमाडाैंमा निषेधाज्ञाको स्वरुप फेरिएको छ । उपत्यका प्रशासनले बुधबार जारी गरेको आदेशअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक र अन्य अनलाइन कारोबार गर्न पाइनेछ । त्यस्तै होटल/रेस्टुराँले ‘टेक–वे’ सेवा सञ्चालन गर्न पाउने छन् ।

    क्वारेन्टाइन, आइसोलेसन लगायतका लागि खानाको व्यवस्था गर्न होटल तथा क्याटरिङ खोल्न पाइनेछ । दैनिक उपभोग्य वस्तु बिक्री तथा ढुवानी गर्न दिइने समय बिहान ११ बजेसम्म तोकिएको छ । यसअघि सवा ९ बजेसम्म थियो । निर्माण सामग्री (हार्डवेयर) का पसल दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न पाइनेछ ।

    कामदार र कर्मचारी आयोजनास्थलकै क्वारेन्टाइनमा बस्ने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको काम गर्न दिइनेछ । होम डेलिभरी सेवामा अनलाइनबाटै रकम भुक्तानी गर्नुपर्नेछ ।

    यसका लागि प्रशासनले छिट्टै मापदण्ड तय गर्ने भनिएको छ । अत्यावश्यक काममा उपत्यका भित्रिनेको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । स्वाब परीक्षण गराउनेको रिपोर्ट नआएसम्म कन्ट्याक्ट ट्रेसिङमा परेका पनि बाहिर हिँडडुल गर्न पाइने छैन ।

    नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले भदौ ३ गते बेलुका १२ बजेदेखि लागु हुने गरी देशको संघीय राजधानी काठमाडौँमा निषेधाज्ञा जारी गरेको हो । बिहिबार मात्रै उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आर आर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ