• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पत्रकार भण्डारीलाई कोरोना पोजेटिभ, ज्वोरो र स्वास प्रस्वासमा समस्या

    1K
    SHARES

    नेपालगन्ज । कोरोना र कोरोनाका विरामीको समाचार लेख्दा लेख्दै पत्रकार दामोदर भण्डारी आफैलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबार विहान देखि उनलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएको थियो ।

    सद्भाव दैनिकका प्रकाशक, सम्पादक तथा सेतोखरी डटकमका अध्यक्ष तथा सम्पादक भण्डारीलाई सोमबार दिउँसोदेखि एक्कासी बढी च्यापेको थियो । फिजिसियन चिकित्सकलाई देखाउँदा एक्सरेमा छातीमा दाग देखिएपछि ती चिकित्सकले पत्रकार भण्डारीलाई पीसिआर टेस्ट गराउन सल्लाह दिएका थिए । पीसिआर रिर्पोट मङ्गलबार विहान आउँदा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

    पत्रकार भण्डारीलाई १०२ डिग्रीसम्म ज्वरो आएको छ, भने श्वास प्रश्वासमा समस्या भएको छ । उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ ।

    यस्तै हालसम्म देभर दर्जन भन्दा बढी पत्रकारलाई कोरोरना संक्रमण भइसकेको छ । सुरुमा अनलाइन खबरमा कार्यरत पत्रकारमा कोरोना देखिएको थियो । त्यसपछि काठमाडौँमा बसेर पत्रकारिता गर्ने दर्जन बढीलाई कोरोना संक्रमण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    नयाँ थपिएका संक्रमित मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    कहाँ कति थपिए ?

    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका २ जना, खोटाङका २ जना, झापाका १४ जना, पाँचथरका एकजना, मोरङका १२ जना, सुनसरीका ५६ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका एकजना, पर्साका २ जना, बाराका ११ जना, महोत्तरीका २ जना, रौतहटका ५ जना, सप्तरीका एकजना, सर्लाहीका १९ जनामा कोरोना पुष्टि भएको छ ।

    डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३९३ जना, काभ्रेका ८ जना, चितवनका ४५ जना, दोलखाका ११ जना, धादिङका ११ जना, नुवाकोटका २ जना, भक्तपुरका ३० जना, मकवानपुरका ६ जना, रसुवाका एकजना, रामेछापका २ जना, ललितपुरका ५८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका ६ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका ८ जना, तनहुँका ५ जना, नवलपरासी पूर्वका १५ जना,पर्वतका एकजना, लमजुङका ३२ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ९ जना, कपिलवस्तुका ७ जना, गुल्मीका १३ जना, दाङका १३ जना, नवलपरासीका ४ जना, पाल्पाका एकजना, प्युठानका एकजना,बर्दियाका ७ जना, बाँकेका ३३ , रुकुम पूर्वका एकजना र रुपन्देहीका ९१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका २ जना, दैलेखका २ जना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १३ जना, कंचनपुरका ४ जना, कैलालीका २० जना, डडेल्धुरका २ जना, डोटीका २४, बझाङका ४० जना र बैतडीका १२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० थियो । मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ