• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आज मात्रै थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, कहाँ कति ?

    888
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १ बालिका र १० पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । यो कुल संक्रमितको अनुपातमा ० दशमलव ५९ प्रतिशत हो ।

    मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृत्यु भएको हो ।

    यसअघि सोमबार (हिजो) ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको थियो । जसमा जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला थिए । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका थिए ।

    यसअघि आइतबार कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो । जसमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला थिए । त्यसैगरीरी सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेका थिए ।

    नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

    यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० थियो । पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया