• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    काठमाडौंमा ३९३ सहित उपत्यकामा आज थपिए ४८१ नयाँ संक्रमित

    800
    SHARES

    काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका छन् ।

    यसअघि आइतबार हिजो काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका थिए । यस्तै नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    यस्तै नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ ।

    मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृत्यु भएको हो ।

    यसअघि सोमबार (हिजो) ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको थियो । जसमा जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला थिए । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका थिए ।

    यसअघि आइतबार कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो । जसमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला थिए । त्यसैगरीरी सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ