• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश ५ समाचार

    प्रहरीका जवानदेखि जुनियर अधिकृतसम्म ११ जनामा कोरोना संक्रमण पुष्टि

    334
    SHARES

    बुटवल । बुटवलको इलाका प्रहरी कार्यालयमा कार्यरत थप ११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । योसंगै ईलाका प्रहरी कार्यालय बुटवलमा संक्रमित प्रहरीको संख्या १५ पुगेको छ । यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालय प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । इलाका प्रहरी कार्यालय बुटवलमा डेढ सय जना प्रहरी कर्मचारी कार्यरत छन् ।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा ६३ जनामा कोरोना पुष्टि हुँदा बुटवल उपमहानगरपालिकाका ३१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ११ जना प्रहरी कर्मचारी रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ