• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    आज थपिएका ८ सय ९९ जना कोरोना संक्रमित कुन जिल्लाका कति ?

    1.1K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताएका छन् । यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४ सय १० पुगेको छ ।

    अब नेपालमा १७ हजार ८२२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । यस्तै सात हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    आज कुन जिल्लामा कति संक्रमित थपिए ?
    प्रदेश–१ मा ओखलढुङ्गा १, खोटांगमा १, झापामा ५, मोरंगमा १९, संखुवासभामा ९ जना र सुनसरीमा २५ जनामा कोरोना पुष्टि भएको छ ।प्रदेश–२ मा धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १०३ र सिरहामा ५ जना संक्रमित भेटिएका छन् ।

    वाग्मती प्रदेशमा काठमाडौंमा १ सय ९०, काभ्रेमा १३, चितवनमा ७१, दोलखामा २, धादिंगमा १, भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २, ललितपुरमा ६७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ७ जना संक्रमित फेला परेका छन् । त्यस्तै गण्डकी प्रदेशमा कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपरासी पूर्व ४, लमजुङ २, बाग्लुंगमा ४ जना भेटिएका छन् ।

    प्रदेश–५ मा अर्घाखाँचीमा २, कपिलवस्तु १, नवलपरासी ३, पाल्पा १, बर्दिया २, बाँके १४ र रुपन्देहीमा ११ जना संक्रमित भेटिएका छन्।कर्णालीमा जुम्लामा १ र सुर्खेतमा ३८ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा अछाममा २३, कञ्चनपुरमा ७, कैलाली १६, डोटीमा १, बझांगमा १ र बैतडीमा २ जना संक्रमित फेला परेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ