• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    चिनियाँ जनमुक्ति सेना र भारतीय सेनाबीच लद्दाखमा फेरि झ’ड’प

    3.2K
    SHARES

    काठमाडौँ । चिनियाँ जनमुक्ति सेना र भारततीय सेनाबीच लद्दाखमा फेरि झ’ड’प भएको छ । पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच ध’के’लाध’केल भएको बीबीसी हिन्दीले जनाएको छ ।

    झ’ड’पपछि चुशुलमा ब्रिगेड क’माण्ड’रको तहमा बैठक बसिरहेको छ। झ’ड’पमा के कति ह’ता’ह’ती भयो भन्नेबारे अहिलेसम्म केही पनि खुलाइएको छैन । भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन्।

    यसअघि जुन १५ मा ल’द्दाख’कै गलवान क्षेत्रमा भएको झडपमा २० भारतीय सै’निकको मृ’त्यु भएको थियो । त्यसयता दुबै मुलुकका सेनाले सीमा क्षेत्रमा तैनाथी बढाएका थिए ।

    चिनियाँ सेनाले हिमाली क्षेत्रमा अ’त्याधु’निक ह’ति’या’र’सहित सैन्य अभ्यास गरेको सार्वजनिक भएको थियो भने भारतीय सेनाले जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएको थियो । १३४ किलोमिटर लामो प्याङ्गोङ ताल ६०४ वर्ग किलोमिटर क्षेत्रफलमा तिब्बतदेखि भारतीय क्षेत्रसम्म फैलिएको छ।

    उक्त तालको दुई तिहाई हिस्सामा आफ्नो नियन्त्रणमा राखेको चीनले अतिक्रमण आफ्नो क्षेत्रमा पनि अतिक्रमण गर्न खोज्दा विवाद हुँदै आएको भारतीय दाबी छ । उक्त तालको ४५ किलोमिटर पश्चिमी भाग भारतको नियन्त्रणमा छ।

    यस्तै भारतसँग सीमा विवादबीच चीनका राष्ट्रपति शी जिनपिङले एक नयाँ आधुनिक समाजवादी तिब्बतको निर्माणमा कोसिस गर्नुपर्ने आह्वान गरेका छन् । यसअघि चीनका विदेशमन्त्री वांग यीले तिब्बतको भ्रमण गरेका थिए र भारतसँग जोडिएको सीमामा निर्माण कार्यको अवलोकन गरेका थिए ।

    चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनको सेन्ट्रल मिलिटरी कमिशनका अध्यक्ष शी जिनपिङले बेइजिङमा तिब्बतको विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो टिप्पणी गरेका हुन् ।

    उनले चीनले तीब्बतमा स्थिरता स्थायित्वका लागि र राष्ट्रिय एकताको रक्षाका निमित्त थप कोसिस गर्नुपर्ने आवश्यकता भएको बताए । चीनले सन् १९५० मा तिब्बतमाथि आफ्नो नियन्त्रण स्थापित गरेको थियो ।

    निर्वासित आध्यात्मिक नेता दलाई लामालाई समर्थन गर्ने आलोचकका अनुसार चीनले तिब्बतका मानिसहरु र त्यहाँको संस्कृतिलाई खराब पारेको आरोप लगाउने गर्छन् ।

    तिब्बतको भविष्यको शासनमाथि कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्यको यो बैठकमा शी जिनपिङले उपलब्धिको प्रशंसा गरे र फ्रन्टलाइनमा काम गरिरहेका अधिकारीको पनि तारिफ गरे तर उनले यो क्षेत्रमा एकता बढाउन, त्यसलाई पुनः जीवन्त राख्न र बलियो बनाउनका लागि थप प्रयासको आवश्यकता भएको बताए ।

    सरकारी समाचार एजेन्सी शिन्ह्वाका अनुसार शी जिनपिङले बैठकमा तिब्बतका स्कूलमा राजनीतिक र वैचारिक शिक्षामा थप जोड दिन आवश्यक भएको बताए । यसो गरे त्यहाँका हरेक युवाको मनमा चीनका लागि प्रेमको बिउ छर्न सकिने जिनपिङको ठहर छ ।

    शी जिनपिङले तिब्बतमा कम्युनिष्ट पार्टीको भूमिकालाई थप बलियो बनाउन र जातीय समूहलाई उत्कृष्ट तरिकाले एकीकृत गर्न आवश्कता भएको बताए । यसै सन्दर्भमा उनले भने, ‘हामीले एकजुट, समृद्ध, सभ्य, सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाउने संकल्प लिनुपर्नेछ ।’

    उनले भने, ‘तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थितीको अनुकूल बनाउन आवश्यक थियो ।’ यद्यपि, आलोचकले भनेका छन्, ‘यदि चीनबाट तिब्बतलाई शी जिनपिङले दाबी गरेजस्तै साँच्चैको फाइदा भएको भए चीनलाई अलगाववादको डर हुँदैनथ्यो न नै चीनले तिब्बती मानिसहरुमा शिक्षामार्फत् नयाँ राजनीतिक चेतना भर्ने कुरा गर्दथ्यो ।’

    अमेरिका र चीनले तनावबीच पनि तिब्बतको विषयमा कुरा उठाएको थियो । जुलाईमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका थिए, ‘अमेरिकाले तिब्बतमा राजनीतिक पहुँच रोक्न र मानवाधिकारको हननमा लिप्त केही चिनियाँ अधिकारीको भिसालाई प्रतिबन्ध गर्नेछ ।’ उनले अमेरिकाले तिब्बतको सार्थक स्वायत्तताको समर्थन गर्ने पनि बताएका थिए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ