• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    काेराेनाबाट मृत्यु हुनेको संख्या बढेकै दिन प्रधानमन्त्री ओलीले दिए यस्तो गैरजिम्मेवार अभिव्यक्ति, चाैतर्फी आलोचना

    1.2K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । शनिबार एकै दिन १२ जनाको ज्याग गएएको थियो भने आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज ४ महिला र १० पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला छन् ।

    त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

    देशमा काेराेना संक्रमित बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरामीलाई अब सरकारले नि:शुल्क उपचार गर्न नसक्ने बताएका छन् । उनले सबैलाई नि:शुल्क उपचार गर्ने नीती ठिक नभएको र परिमार्जन हुनसक्ने बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा छिमेकी देशले पनि नसकेको अवस्थामा नेपालमा सबैको निशुल्क उपचार गरेर असाधारण काम गरेको बताए। हाल सरकारले मापदण्डमा परेका सबैको नि:शुल्क परीक्षण तथा उपचार गर्दै आएको छ।

    ‘कतिपय देशले कसैका लागि एकपैसा उपचार खर्च पनि गर्दैन। लक्षण देखिए अस्पताल जाउँ, जँचाउ, उपचार गर भन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी गरिब-धनी नभनेर निशुल्क उपचार गर्छौं। यसमा सुधार गर्नुपर्ने हुनसक्छ। जसको कोही छैन त्यसको सरकार छ। जो आफै सम्पन्न छ उसले आफ्नै खर्चमा उपचार गर्न सक्छ। सबैको खर्च सरकारले व्यहोर्नुपर्ने आवश्यकता छैन।हामीले त्यसमा विचार गर्नुपर्छ।’

    उनले उप-प्रधानमन्त्री इश्वर पोखरेल नेतृत्व कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई परिवर्तन गर्न आवश्यक नभएको समेत बताए। ‘जनताको सचेतना जगाउनु छोडेर काम गरिरहेको मान्छेलाई परिवर्तन गरेर केही हुन्छ जस्तो मलाई लाग्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘जे कदम चालेको छ त्यो सरकारका लागि हो भन्ने कतिपयले ठानेँ। सरकारका कदम आफ्ना लागि चालिरहेको हो भनेर बुझ्नुपर्छ।’

    यस्तै प्रधानमन्त्री ओलीले अहिले अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा पाउन नसकेको बताएका छन्। ‘दुनियाँमा अहिले बेसार अभाव भएको छ, अमेरिकाले खोजेको छ, युरोपले खोजिरहेको छ, तर अभाव छ सबैतिर,’ उनले भने, ‘यो एउटा मसालाको रुपमा मात्र र स्वादका लागि मात्र सीमित रहेन।’

    बिभिन्न रोग लागेका व्यक्तिहरुले एक गिलास दुधमा सानो एक चमच बेसार राखेर खाँदा त्यसले रोग नियन्त्रण गर्न निकै ठूलो काम गर्ने उनले बताए। उनकाे यस्ताे अभिव्यक्तिपछि सरकारको चौतर्फी आलोचना सुरु भएको छ । नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

    डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना,पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, झक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, बाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कंचनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जना, कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ ।

    हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ५५५ थियो ।

    मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको थियो । आज थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । आज मृत्यु हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]mail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ