• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    उमा भुजेललाई गैर न्यायिक थुनाबाट रिहा गर्न सर्वोच्चकाे आदेश

    2K
    SHARES

    काठमाडौँ  । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई गैर न्यायिक थुनाबाट रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । नेतृ भुजेल सप्तरी जिल्ला प्रहरीको हिरासतमा छिन ।

    उनलाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । रिहा हुनासाथ अदालत परिसरबाटै गिरफ्तार गरी २ दिन वेपत्ता पारेर सप्तरी जिल्लास्थित कन्चनपुर इप्रकामा पुर्याइएको थियो ।  नेतृ भुजेललसँगै सुमनसिहं पौडेलको हकमा पनि सर्वोच्च आदेश जारी भएको छ ।

    उनीहरुलाई भारदहमा प्रहरीमाथि कर्तब्य पालना गर्न अवरोध गरेको झुठो आरोपमा अभद्र व्यवहारको मुद्धा दायर गरेको थियो । उनीहरुको रिटमा न्यायधीसहरु दीपककुमार कार्की र हरिकृष्ण कार्कीले फैसला गरेका थिए । बन्दीहरुको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, कान्तिराम ढुंगाना, चुडाबहादुर निरौला, राजु ढुंगाना, सन्तोष कोइराला र पंकजकुमार कर्णलगायतले बहस गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ