• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    वीरगन्जमा उपचार गराइरहेका रौतहटका संक्रमितको मृत्यु

    856
    SHARES

    वीरगन्ज । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए ।

    स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो।

    यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका दुई जना डाक्टरसहित जिल्लामा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा राप्ती प्रादेशिक अस्पतालका २ जना डाक्टर, २ जना नर्स, ३ जना अन्य स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजिटिभ देखिएको हो ।

    डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी र कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि शनिबार बेलुकादेखि अस्पताल सिल गरिएको छ । अपरान्ह बसेको अस्पताल व्यवस्थापन समिति बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख डा. पदमराज अधिकारीले जानकारी दिए । अस्पतालको ५० मिटर दूरीसम्म पूर्णरुपमा सिल गर्ने निर्णय भएको समिति अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए ।

    अस्पतालमा भर्ना भएका बिरामीहरुको भने स्वास्थ्य सुरक्षा अपनाएर उपचारमा निरन्तरता दिने उनले बताए । शनिबार संक्रमण पुष्टि भएका १९ जनामध्ये अन्य ३ जना व्यवसायी, ३ जना बैंकका कर्मचारी, २ जना बाहिरी देशबाट आएका र २ जना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु रहेका छन् । जसअन्तर्गत घोराहीका १० र तुलसीपुरका ९ जना छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ